करण केसीको त्यो दिन ! « Khabarhub

करण केसीको त्यो दिन !


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेटका लागि आज अर्थात् ‘भ्यालेन्टाइन डे’ निकै यादगार दिन हो ।

आजकै दिन नेपाली क्रिकेट टोलीले आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ मा क्यानडाविरुद्ध जीत हात पारेको थियो । त्यही जीतले नेपाली क्रिकेटको नयाँ अध्याय पनि शुरु भएको थियो ।

आजको दिन बलिङ अलराउण्डर करण कसीको विशेष दिन पनि ! आजकै दिन २०१८ मा नेपाल नामिबियाको विन्डहकमा क्यानडासँग आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको खेल खेलेको थियो ।

टस जितेर नेपालले क्यानडालाई पहिलो ब्याटिङका लागि निम्तो दियो । क्यानडाले निर्धारित ५० ओभर पुरा खेल्दै ८ विकेट गुमाएर १ सय ९४ रन बनायो । १ सय ९५ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४२.१ ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन मात्रै बनाएको थियो ।

तर, त्यस्तो अवस्थामा अन्तिम विकेटका लागि नेपालका करण केसी र सन्दीप लामिछानेले ४७ रनको साझेदारी खेल्दै नेपाललाई खेलको अन्तिम बलमा जीत दिलाएका थिए ।

त्यो खेलमा नेपालका नवौं विकेटमा मैदान प्रवेश गरेका करण केसीले विरलै देख्न पाइने ब्याटिङ इनिङ्स खेले । जसमा करण आफैले ३१ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ४२ रन बनाएका थिए भने लामिछानेले १८ बलमा ५ रन बनाउँदै करणलाई साथ दिएका थिए ।

क्यानडासँगको त्यो खेल जितेको नेपाल डिभिजन दुईको विजेता बन्दै आईसीसी विश्वकप क्रिकेट छनोटमा पुगेको थियो । जहाँ राम्रो प्रदर्शन गरेको नेपालले ४ वर्षका लागि एकदिवसिय क्रिकेटको मान्यता पाएको हो ।

यदि त्यो खेल हारेको भए अहिले नेपाली क्रिकेट कहाँ हुन्थ्यो भन्ने कुरा छुट्टै हो । तर, जीत हात पारेको नेपाल २०१८ को मार्च महिनामा जिम्बाबेमा भएको आईसीसी वल्डकप क्वालिफायर खेलेको थियो ।

क्वालिफायरको समूह ‘बी’ मा रहेको नेपालले ४ खेलमा १ मा जीत र ३ मा हार व्यहोर्दा ४ वर्षका लागि अस्थायी एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता (ओडिआई) पाएको थियो ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले सो खेलको सम्झनामा सामाजिक सञ्जालमा स्टाटस लेख्दै क्रिकेट इतिहासको उत्कृष्ट क्षणका रुपमा ब्याख्या गरेका छन् ।

अहिले नेपाल आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको एकदिवसिय त्रिकोणात्मक शृङ्खला खेलिरहेको छ ।

विश्वकप २०२३ को छनोट अन्तर्गतको शृङ्खलाको शुरुवात काठमाडौंबाटै गरेको नेपालले ४ खेलमा २ मा जीत हात पार्दै शुखद् शुरुवात गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ९ : १८ बजे

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।