प्रेम सम्बन्धलाई व्यवस्थापन गर्न नसक्दा डिप्रेसनको बिरामी बन्ने खतरा : डा वझा « Khabarhub

प्रेम सम्बन्धलाई व्यवस्थापन गर्न नसक्दा डिप्रेसनको बिरामी बन्ने खतरा : डा वझा


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आज फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । विश्वभरका प्रेम जोडीहरु प्रेमभाव व्यक्त गर्दै यो दिवस मनाइरहेका छन् । प्रेम सबै प्राणीका लागि महत्वपूर्ण कुरा हो ।

भनिन्छ –संसार माया र विश्वासमा अडिएको हुन्छ । तर प्रेमलाई बुझ्ने तरिका र प्रेममा आउने अरोह–अवरोधलाई सही तरिकाले व्यवस्थापन गर्न सकेनौं माया र विश्वासको संसार पीडादायी हुनसक्छ ।

प्रेमलाई कतिले नबुझेर त कतिले बढी बुझेर मनोसामाजिक समस्याको शिकार बन्ने युगल जोडीहरु बढ्दै गएको वरिष्ठ मनोचिकित्सक डाक्टर सरोज वझा बताउँछन् ।

‘प्रेम सबैको लागि महत्पूर्ण हुन्छ, तर पनि कतिपयमा यही प्रेमको कारण नकारात्मक प्रभाव परेको हुन्छ,’ डा वझाले भने, ‘धेरैजसोमा प्रेममा धोका भएपछि मनोसामाजिक समस्या देखिन्छ ।’

प्रेम सम्बन्धमा आउने दरारले युवायुवातीहरु मनोवैज्ञानिक समस्यामा पर्ने गरेको डा वझाको उपचार अनुभव छ । उनले भने, ‘प्रेममा धोका खानेहरुमा मन डराउने, र डिप्रेसन नै हुने समस्या रहेको हुन्छ ।’

प्रेममा धोका पाउने युवतीहरु मानसिक समस्याको सिकार हुने र युवाहरुमा मदिरामा फस्न सक्ने डा वझाले बताए ।

उनले भने, ‘प्रेममा धोका पाएपछि डिप्रेसनमा जानेहरुमा युवती बढी छन् भने, युवाहरु प्रेममा धोका पाएपछि रक्सीको कुलतमा फस्ने गर्छन् ।’
डा वझाका अनुसार प्रेममा धोका पाउँदा युवायुवतीमा यस्तो परिवर्तन आउँछ ।’

प्रेम सम्बन्धले निम्त्याएको मानसिक समस्याको लक्षण यस्तो हुन्छ

–दैनिक काम गर्न नसक्ने,

–काममा ध्यान नजाने,

–स्मरण शक्ति कमजोर भएको महशुस हुने,

–निन्द्रा नलाग्ने,

–भोक नलाग्ने,

–मन उदास हुने,

–कुनै कुरामा पनि खुशी नहुने,

–बाच्नु नै व्यर्थ लाग्न थाल्ने ।

किन आउछ यस्तो सोच ?

प्रेम सम्बन्धमा रहँदा युवायुवतीहरु एकअर्कालाई पूर्ण रुपमा विश्वास गर्छन् । आफ्नो सबै कुराहरु एकअर्कामा साटासाट गर्छन् ।

किशोरा अवस्थामा प्रवेश गर्दै गरेका युवायुवतीहरु पढाई, जागिर, भविष्य र परिवारको विषयमा पनि सोचिरहेका हुन्छन् ।

यो समयमा उनीहरुको जीवनमा विभिन्न आरोहअवारोह र समस्याहरु आउँछन् । त्यो समयमा सानातिना कुराले पनि प्रेम सम्बन्धमा असर पर्नसक्छ । तर प्रेम सम्बन्धमा आउने समस्याको पहिचान गरी समाधान गर्न नसक्नेहरु डिप्रेसन र कुलतमा फस्ने सम्भावना अधिक रहने डा.वझा बताउँछन् ।

उनी भन्छन्, ‘प्रेमसम्बन्धलाई बलियो र दिगो बनाउन एकअर्कामा विश्वास र सकारात्मक सोचको भावना हुन जरुरी हुन्छ ।’

विशेषगरी १५ देखि २५ वर्षका युवायुवतीमा प्रेम सम्बन्ध बिग्रंदा यस्ता समस्या बढी देखिएको डा वझाको भनाइ छ । प्रेम सम्बन्धमा आउने आरोह अवरोध व्यवस्थापन गर्न नसक्दा प्रेमले रोगी बनाउन सक्छ ।

त्यसैले प्रेम गर्नेहरुले एकअर्कालाई राम्रोसँग बुझ्न जरुरी हुन्छ । प्रेम जोडीले जसरी प्रेम दिवसमा आफ्ना खुसी साट्ने गर्छन्, त्यसैगरी प्रेम सम्बन्धमा आउने समस्याहरुलाई पनि मिलेर समाधानको बाटो खोज्नुपर्छ । अनिमात्र प्रेम सम्बन्ध दिगाे बन्छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १२ : ०९ बजे

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी