देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु « Khabarhub

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरी, काभ्रे, कैलाली, कञ्चनपुर र धादिङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

सुनसरी, धरान उपमहानगरपालिका-५ ठिङगाबारीस्थित सडकमा किसान चोकबाट ठिङगाबारीतर्फ जाँदै गरेको को.५ त ७८४३ नम्बरको ट्याक्टरबाट लडदा ट्याक्टरको पछाडिको चक्काले किची सोही ठाउँ बस्ने ४२ वर्षीय बुद्धराज लिम्बुको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

काभ्रे, पनौती नगरपालिका-१० दाहालटारस्थित सडकमा बा.२७ प ९३४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार धुलिखेल नगरपालिका-१२ फस्कोट बस्ने २१ वर्षीय संजिब तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

कैलाली, लम्कीचुहा नगरपालिका-५ चौरीस्थित सडकमा रोकी राखेको सुदूर पश्चिम प्रदेश ०१-००१ च २६६० नम्बरको पिकअप गाडीबाट खस्दा सोही ठाउँ बस्ने जनक चन्दको छोरा १८ महिनाको टेनिश चन्दको मृत्यु भएको छ । गाडीमा पछाडी खेलिरहेको अवस्थामा गाडीबाट खसेर गम्भीर घाइते भएका उनको स्थानीय लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको हो ।

कञ्चनपुर, पुनर्वास नगरपालिका-१० चकमेली पुल नजिक से.६ प १७११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-११ बेला बस्ने २३ वर्षीय शिवराज रानाको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-५ चरौदी पुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले प्रदेश नम्बर ३-०२-०१४ प ३९८९ नम्बरको स्कुटरलाई शुक्रबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोलखुम्बु मुग्ली गाउँपालिका-१ घर भई काठमाडौं बस्ने २२ वर्षीय प्रकाश बस्‍नेतको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार काभ्रे खहरे पाँगु गाउँपालिका-८ घर भई हाल काठमाडौं महाराजगंज बस्ने २४ वर्षीय सनिस थापालाई मलेखु अस्पताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाइएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १२ : २३ बजे

आज वैशाख शुक्ल नवमी : सीता जयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख १२ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १२ गते शनिबार। वैशाख

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना