रोमाञ्चक ए डिभिजन लिग : आर्मीका लागि बराबरी पर्याप्त, जित्नै पर्ने दबाबमा मछिन्द्र | Khabarhub Khabarhub

रोमाञ्चक ए डिभिजन लिग : आर्मीका लागि बराबरी पर्याप्त, जित्नै पर्ने दबाबमा मछिन्द्र



काठमाडौं – अघिल्लो सिजनको सहिद स्मारक ए डिभिजन लिग रेलिगेसन सहितको भएको हुन्थ्यो भने अहिले मछिन्द्र क्लब ‘बि’ डिभिजनमा हुन्थ्यो । तर, रेलिगेसन विना लिग हुँदा उसले यो सिजन ए डिभिजन खेल्ने अवसर पायो ।

अवसर मात्रै पाएन उ आफू च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रियो । जसका लागि उसको प्लेइङ ११ मा नै उमेर समूहदेखि सिनियर राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीको बाहुल्यता कायम गर्‍यो । तर, मछिन्द्रलाई अघिल्लो वर्षको ऋण लागेको अंकले भने घाटा लगाएको छ ।

लिगमा एक खेलमात्रै बाँकी रहेको मछिन्द्रले ९ खेलमा जीत, २ खेल बराबरी र १ खेल मात्रै हारेर २८ अंक पाएको छ । २९ अंक हुनु पर्नेमा अघिल्लो वर्ष पुछारबाट दोस्रो स्थानमा रहँदा उसको १ अंक ऋणात्मक हुन पुग्यो । जसले गर्दा उसलाई यस सिजन हानी पुग्यो ।

समान १२ नै खेल खेलेको विभागीय टोली आर्मी ९ खेलमा जीत २ खेलमा बराबरी र १ खेलमा हार व्येहोर्दा २९ अंकसहित शीर्ष स्थानमा छ ।
१ अंकको तलमाथि रहेका यी दुई टोलीले यो सिजनको अन्तिम खेल शनिबार दिउँसो साढे १ बजे खेल्दैछन् । यो खेलले नै लिगको उपाधि कसले जित्छ भन्ने निर्धारण गर्ने छ ।

जसले जितेपनि लिगले नयाँ टोलीलाई च्याम्पियनको रुपमा पाउँनेछ ।

मछिन्द्र क्लबले यसअघि एक पटक पनि उपाधि उचाल्न पाएको छैन भने आर्मी क्लबले नयाँ नाम सहित मैदान उत्रिन थालेपछिको यो पहिलो उपाधि हुनेछ ।

तर, अन्तिम खेलमा उपाधिका लागि आर्मीलाई बराबरीले पुग्नेछ भने मछिन्द्रलाई जीत अत्यावश्यक छ ।

उपाधी भीडन्तको स‌ंघारमा रहेका दुबै टोलीले आफ्नो जीतको दाबेदारी प्रस्तुत गरेका छन् । शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुबै टोलीका प्रशिक्षकले उपाधी उचाल्ने दाबी गरेका हुन् ।

‘हामीले लिग शुरु हुनु भन्दा अगाडि पनि भनेका थियौं हामी च्याम्पियन बन्नका लागि खेल्नेछौं’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने,’आर्मीविरुद्ध पनि हामी च्याम्पियन हुनका लागि खेल्छौं । त्यसका मछिन्द्र क्लब तयार छ ।’

उपाधीका लागि आर्मीलाई बराबरी नै पर्याप्त भएका कारण मछिन्द्र भन्दा उसलाई सहज परिस्थिति छ । तर, मछिन्द्रका लागि आर्मी त्यति सहज टिम होइन ।

‘लिगमा आर्मी टिम ओर्क भएको खेल देखिएको छ । विपक्षीको पोष्टमा गोल लाउन धेरै गाह्रो हुन्छ । तर, पनि आर्मीसँग खेल्दा पाइने थोरै अवसरलाई पनि सदुपयोग गर्नेछौं,’ प्रशिक्षक कटुवालले भने,‘हामीसँग ‘इन्डीभिजियोल’ र ‘क्वालिटि’ खेलाडी धेरै छन् । त्यसैले पनि आर्मीलाई दबाब हुनेछ ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) को ९० दिन लामो प्रतिबन्ध सकाएका विमल घर्ती मगर मछिन्द्रसँग आवद्ध भएका छन् । उनले आर्मीसँगको महत्वपूर्ण खेल खेल्ने प्रशिक्षक कटुवालले बताए ।

फिफा विश्वकप २०२२ तथा एएफसी कल २०२३ अन्तरगत कुवेतविरुद्धको होम गेम अगाडिको राति नाइट क्लब गएपछि उनीसहित ४ जना खेलाडीलाई कारबाही गरेको थियो । जसमा विमलसहित दिनेश राजवंशी, अन्जन बिष्ट र सन्तोष तामाङ रहेका थिए ।

अन्जन र सन्तोष यसअघि नै प्रतिबन्ध फुकुवा भएपछि लिगमा फर्किसकेका छन् भने विमल प्रतिबन्ध पछिको पहिलो खेल शनिबार खेल्नेछन् ।

कप्तान विराज मर्हजनसहित सुजल श्रेष्ठ र रेजिन सुब्बा लगायतका खेलाडीहरु घाइते भएका कारण पनि आर्मीविरुद्ध खेल्दा समस्या भइरहेको प्रशिक्षक कटुवालले बताए । यस्तै, कप्तान विराज महर्जनले आफ्नो टिम लिग उपाधि उचाल्न तयार रहेको बताए ।

‘पहिलो उपाधि जित्ने लक्ष्यमा भएकाले हामी दुवै क्लबलाई अन्तिम खेल कठिन छ । तर, जीतको विकल्प नभएकाले हामी त्यसैका लागि खेल्ने छौं,’ महर्जनले भने ।

विभागीय टोली आर्मीका प्रशिक्षक नविन न्यौपानले टोलीको बलियो पक्ष ‘पावर एन्ड स्ट्रेन्थ गेम’ भएकाले त्यसै अनुसार खेल्दै पहिलो पटक उपाधि उचाल्ने दाबी गरे ।

‘इतिहास रच्ने लक्ष्यमा छौं । मछिन्द्र राम्रो टिम हो । खेलाडी पनि राम्रा छन् तर, हाम्रो टिमको ‘टिम वर्क’राम्रो छ,’ प्रशिक्षक न्यौपानेले भने,‘हाम्रो बलियो पक्ष भनेकै ‘पावर र स्ट्रन्थे गेम’ हो । त्यसै अनुसार खेल्दै उपाधि उचाल्न पाएको अवसर सदुपयोग गछौं ।’

खेलमा आर्मीलाई ‘ड्र’ भएपनि पुग्ने भएपनि आफ्नो टिमले जीत हात पार्ने उनको दाबी थियो । आर्मीका कप्तान भरत खवासले आफ्नो टिमले जित हात पार्ने बताए । आर्मीका प्रशिक्षक न्यौपानेले आर्मी २–० गोल अन्तरले विजयी हुने अनुमान गरे ।

आर्मी र मछिन्द्रले यसअघि ११ खेल खेलेका छन् । जसमा आर्मीले ६ खेल जितेर ४ खेल बराबरी खेल्दा १ खेल मात्रै हारेको छ ।

ए डिभिजन लिग असोज २८ देखि शुरु भएको थियो । यस सिजनमा एक टोली सरस्वती क्लब रेलिगेसनमा परिसकेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ४ : ५७ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन