‘गिरिजाबाबु’बारे प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार र अराजनीतिक : डा. कोइराला « Khabarhub

‘गिरिजाबाबु’बारे प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार र अराजनीतिक : डा. कोइराला


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष  पुष्प कमल दाहाल ‘प्रचण्ड’ले  दिएको अभिव्यक्ति गैरजिम्मेवार र अराजनीतिक भएको बताएका छन् ।

विहीबार एक कार्यक्रममा अध्यक्ष प्रचण्डले स्व. गिरिजाप्रसाद कोइरालाका बारेमा दिएको अभिव्यक्ति गैर जिम्मेवार र अराजनीतिक भएको बताएका हुन् ।

‘प्रचण्डजीले गिरिजाप्रसाद कोइरालाबारे दिनुभएको अभिव्यक्ति अत्यन्तै गैरजिम्मेवार र अराजनीतिक छ। जसरी गिरिजाबाबुको कद घटाउॅने प्रयास गरियो त्यो अत्यन्तै निन्दनीय छ।’, नेता कोइरालाले भने, ‘ प्रचण्डजी अझै द्वन्द्वकालीन मुद्दाबाट डराइरहनु भएको र यसबाट उन्मुक्ति पाउन यस्तो बोलेको जस्तो देखिन्छ।’

नेता कोइरालाले आफू पनि १२ बुँदे सहमतिमा सहभागी भएको जनाउँदै स्व. गिरिजाप्रसाद कोइरालाले प्रचण्डसँग कहिले पनी त्यस्तो कुरा नगरेको बताए ।

उनले ऐतिहाँसिक व्यक्तित्वको छविमाथी जसरी हिलो छ्याप्ने प्रयास गरियो यसबाट प्रचण्डले ईतिहासमा ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

अध्यक्ष प्रचण्डले ‘जनयुद्ध’ का बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाउने गरेको अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ५ : ३८ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित