बूढीगण्डकी जलविद्युत् अब छिट्टै निर्माण हुनेछ : प्रचण्ड « Khabarhub

बूढीगण्डकी जलविद्युत् अब छिट्टै निर्माण हुनेछ : प्रचण्ड


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढीगण्डकी जलविद्युत् परियोजनाको कामले अब छिट्टै गति लिने बताएका छन् ।

सातौँ धादिङ महोत्सवको धादिङबेँसीमा आज उद्घाटन गर्दै प्रचण्डले धादिङ र गोरखाका जनताको जीवनस्तरमा गुणात्मक फड्को मार्ने परियोजना भएको हुँदा मुआब्जाको काम सकिएकोले यसको काम छिट्टै हुने बताए ।

जलविद्युत् परियोजनाका प्रभावितको पुनर्वासको विषयमासमेत छलफल भएको बताउँदै उनले यसबाट आर्थिक विकास र पर्यटन विकासमा देशलाई ठूलो फाइदा पुग्ने दाबी गरे ।

पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रूपमा त्रिशूली र मस्र्याङ्दीमा समानान्तर राजमार्ग बनाउन सरकार लागि परेको उनको भनाइ छ ।

निजी, सार्वजनिक र सहकारीको विकास गर्दै समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्दै अध्यक्ष दाहालले ल्हासाबाट काठमाडौं, पोखरा हुँदै लुम्बनी रेलमार्ग बनाइने प्रतिबद्धता जनाए ।

हालको अवस्थामा निजी क्षेत्र पनि उत्साहित भएको बताउँदै उनले विदेशी लगानी भित्रिए मात्र नेपाल प्रगतितर्फ अग्रसर हुने बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ८ : २५ बजे

भारतमा कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक