६ महिनामा रु ३० खर्ब विदेशी लगानीको प्रतिवद्धता : अर्थमन्त्री खतिवडा « Khabarhub

६ महिनामा रु ३० खर्ब विदेशी लगानीको प्रतिवद्धता : अर्थमन्त्री खतिवडा


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा रु ३० खर्बबराबरको औद्योगिक क्षेत्रमा विदेशी लगानीको प्रतिबद्धता आएको बताएका छन् ।

उद्योग सङ्गठन मोरङद्वारा फागुन २ गतेदेखि १० गतेसम्म आयोजित ‘विराट एक्स्पो २०७६ (कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनी) को आज उहाँले सरकारले लिएको उदार आर्थिक नीति र विश्वासिलो वातावरणका कारण मुलुकमा विदेशी लगानी भित्रिने क्रम वृद्धि भई जनताको समृद्धिको चाहना पूरा हुनेछ बताए ।

मन्त्री खतिवडाले प्रदेश नं १ को अरुण भ्यालीमा आगामी तीन वर्षभित्रमा तीन हजार मेगावाट जलविद्युत् उत्पादनका लागि रु एक खर्बको लगानी भित्रिएको र रु दुई खर्ब लगानीको प्रतिबद्धता आएको जानकारी दिँदै त्यसबाट यस क्षेत्रका उद्योग प्रतिष्ठानले लाभ लिन सक्नुपर्नेमा जोड दिए ।

उनले यस क्षेत्रका जनताका रेलको सपना अब चाँडै पूरा हुने बताउँदै रेलमार्ग सुनसरीको इटहरीसम्म विस्तार गरी पूर्व–पश्चिम रेल मार्गमा जोड्ने कार्यमा सरकारको तयारी शुरु भएको जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले सरकारले स्रोतको सुनिश्चिताको आधारमा मुलुकको विभिन्न क्षेत्रमा आठ र छ लेन सडक निर्माणको प्रक्रियाको ठेक्का लगाइसकेको जानकारी दिँदै अब चार लेनभन्दा कमको सडक नबनाउने सरकारको नीति रहेको बताए ।

उनले उद्यमी व्यवसायीलाई सरकारले हतोत्साही गर्ने कुनै उद्देश्य नहरेको बताउँदै कानूनको पालना सबैले गर्नुपर्छ र सरकार सम्पत्ति सुदृढीकरणको दुरुपयोग नगर्ने कुरामा ढुक्क हुन सबैलाई आग्रह गरेका थिए ।

मन्त्री खतिवडाले यस क्षेत्रमा निर्माण गरिने विशेष औद्योगिक क्षेत्रमा आवश्यक पर्ने सडक, पानी, सुरक्षालगायत कार्यमा सरकार प्रतिबद्ध रहेको धारणा राख्दै उद्योगीले नयाँ बजार, अन्तरराष्ट्रिय क्षेत्रको मागलाई ध्यानमा राखी नयाँ उत्पादनमा उद्योगीलाई जान सरकारलाई सहयोग गर्नुपर्ने आग्रह गरे ।

विराटनगर–२ स्थित शङ्करपुर मार्गमा आयोजना गरिएको प्रदर्शनीस्थलमा ३ सय ४० कक्षमा नेपाल, भारत, भूटान, बङ्गलादेशका विभिन्न कृषि, औद्योगिक, अटोमोवायल्स, कृषि यान्त्रिकीकरण, घरेलु उत्पादन राखिएका छन् ।

प्रदर्शनीमा मोरङ, झापा, सुनसरी, धनकुटा, सिरहा, सप्तरी, उदयपुरका गरी तीन लाख दर्शकले अवलोकन गर्नुका साथै रु एक अर्ब बराबरको कारोवार हुने विश्वास आयोजकले गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  १० : ०० बजे

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली