कोरोनाभाइरसको असर : अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा « Khabarhub

कोरोनाभाइरसको असर : अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसका कारण ४९ जनाको मृत्यु भएपछि अमेरिकाले राष्ट्रिय संकटकालको घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न मद्दत गर्न भन्दै शुक्रबार राष्ट्रिय संकटकाल घोषणा गरेका हुन्।

अमेरिकी सरकारले अब विपतको राहतका लागि ५० अर्ब डलर खर्च गर्ने पनि उनले बताएका छन् ।

सरकारले अब अलग/अलग राज्य सरकारसँग मिलेर काम गर्ने बताउँदै ट्रम्पले सरसफाईमा विशेष ध्यान दिन, अत्यावश्यक बाहेक यात्रा नगर्न र भीडभाडमा नजान आह्वान समेत गरेका छन् ।

आपतकाल कति दिन सम्म रहने भन्नेबारे भने केही पनि खुलाईएको छैन । अमेरिकामा शुक्रबार बेलुकासम्म कोरोनाभाइरसबाट २२ सय ८७ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ८ : २३ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध