कोरोनाभाइरसको केन्द्रविन्दु अब युरोप : डब्लूएचओ « Khabarhub

कोरोनाभाइरसको केन्द्रविन्दु अब युरोप : डब्लूएचओ


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको केन्द्रविन्दु (इपिसेन्टर) अब युरोप भएको चेतावनी दिएको छ ।

चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रमख चपेटामा अब युरोप परेको डब्लूएचओले जनाएको छ ।

‘युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु हो’, विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भने, ‘मानिसहरुको जीवन बचाउन आक्रामक उपाय अबलम्बन गर्न जरुरी छ। ‘यो भयानक आगो फैलन दिनु हुँदैन ।’

 गत डिसेम्बर ३१ मा चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण १ सय ४५ देशमा देखिएको छ । संक्रमणबाट १ लाख ४५ हजार ६ सय ३८ जना बिरामी परेका छन् ।

संक्रमित हुने ८० हजार ८ सय २४ जना चिनियाँ नागरिक छन् । बाँकी अधिकांश संक्रमित युरोपियन मुलुकका छन् ।

चीनमा संक्रमणको दर कम हुँदै गए पनि युरोपेली मुलुकमा डढेलोझैं फैलिदा डब्लूएचओले यस्तो चेतावनी दिएको हो ।

चीनमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण १३ जनाको मृत्यु हुँदा अन्यत्र ४ सय ४२ जनाको मृत्यु भएको छ । ४ सय ४२ जनामध्ये अधिकांश युरोपकै छन् ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ९ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार