यी ७ सामग्री मागेर प्रयोग नगर्नुहोस् | Khabarhub Khabarhub

यी ७ सामग्री मागेर प्रयोग नगर्नुहोस्


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

यदि अरुसंग मागेर कुनै सामाग्री चलाउने बानि छ भने त्यो बानी आजै त्याग्नुहोस् ।

किनकी धार्मीक मान्यता अनुसार यो बानि आफै माथि समस्या निम्त्याउने कारक मानिन्छ ।

कतिपय अवस्थामा त यसरी अरुसंग सामान मागेर काम चलाउने बानिले र्दुभाग्य समेत निम्त्याउँछ । वास्तु तथा धार्मिक मान्यता अनुसार अरुको सामाग्री प्रयोग गर्दा नकारात्मक ऊर्जा उत्पन्न भई हानि पुर्याउने गर्दछ ।

तसर्थ केहि यस्ता वस्तुहरु हुन्छन्, जसको प्रयोग मागेर गर्नबाट बच्नुपर्दछ । के के हुन् ति सामाग्री ?

१. घडी
कहिल्यै पनि अरुको नाडिमा बाधिएको घडि खोलेर आफुले लगाउनु हुदैन । मान्यता अनुसार घडीको सम्बन्ध व्यक्तिको जीवन र उसको समयसंग जोडिएको हुन्छ ।

यस्तोमा अरुको घडि मागेर लगाउँदा घडि धनिको खराब समय तपाईसंग जोडिने मान्यता रहेको छ ।

२. चप्पल
विवाह, पुजाआजा वा धेरै मानिस जमघट हुने कार्यक्रममा जुत्ता लगाएर आउने मानिसले अरुको चप्पल लगाउने गर्दछन् ।

आसपासको कामका लागी भन्दै अरुको चप्पल लगाउने मानिसको यो बानिले दरिद्रता निम्त्याउने गर्दछ ।

अझ शनिको स्थान पैतालामा हुने भएकाले जसको चप्पल लगाइन्छ उसको संघर्ष र दुखः आफु माथि आउने मान्यता छ ।

३. कलम (डटपेन)
अक्सर कार्यालय तथा स्कुल कलेजमा अरुसंग कलम (डटपेन) मागेर काम चलाइन्छ । तर यस्तो बानीले आर्थिक र करियरको क्षेत्रमा हानि बेहोर्ने बनाउन सक्छ । तसर्थ सकेसम्म कसैसंग कलम सापटि नलिनुहोस्, लिए पनि त्यो फिर्ता दिनुहोस् ।

४. औठी
अरुसंग मागेर लाउन नहुने अर्को सामाग्री हो, औठी । रत्नवाला औठी मात्र होइन कुनै पनि धातुको औठी समेत अरुको लगाउनु हुदैन । औठी लगाउने औलामा मानिसको जीवन र स्वास्थ्य जोडिएको हुन्छ । यस्तोमा अरुको औठि लगाउँदा सर्तक रहनुहोला ।

५. काइँयो
स्वास्थ्य मात्र नभई भाग्यका दृष्टिमा पनि अरुको काइँयो प्रयोग गर्नु हानिकारक मानिन्छ । यसरी अरुको काइँयो प्रयोग गर्दा टाउकोसंग सम्बन्धित बाधाहरु उत्पन्न हुनसक्छ । यसका अलावा भाग्यमा विपरीत असर समेत पर्न सक्छ ।

६. ओच्छ्यान
धेरैलाई थाहा नहुन सक्छ अरुको ओच्छ्यानमा सुत्दा समेत नकारात्मक असर पर्दछ । वास्तुदोष अनुसार अरुको ओच्छ्यानमा सुत्दा आर्थिक अभाव तथा नकारात्मक भाव पैदा हुन्छ । तसर्थ सकेसम्म अरुको ओच्छ्यानमा नसुत्नु नै राम्रो मानिन्छ ।

७. कपडा
अरु कसैको कपडा पहिरीनु समेत दुर्भाग्यको कारक मानिन्छ । मागेर कपडा लगाउँदा यसले स्वास्थ्यमा समेत हानी पार्ने गर्दछ । मान्यता अनुसार अरुको कपडा लगाउँदा त्वचाको संक्रमण हुनुका साथै नकारात्मक ऊर्जा उत्पन्न हुने भएकाले यसले अभाव निम्त्याउँछ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ९ : ३३ बजे

कविता : चिहानबाट उठेकी नेतान्याहुकी आमा

शिशुहरूको चित्कारले निद्रा खुलेपछिवयस्कहरूको क्रन्दनले मुटु हल्लिएपछिकेही त सम्झाऊ छोरालाई

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी पूरा, उद्घाटन सोमबार

काठमाडौं– ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद

काठमाडौंमा आइपुग्यो उड्ने कार,  नाडा अटो शोमा प्रदर्शन हुने 

काठमाडौं– उड्ने कार काठमाडौंमा आइपुगेको छ । नाडा अटोमोबाइल्स एशोसिएसन

सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना

भ्लाडिभोस्टोक– रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि

सहिदको बलिदान अमूल्य सम्पत्ति : मुख्यमन्त्री सिंह

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तेस्रो मधेस आन्दोलनका प्रथम