प्रदेश नं २ मा एक सय १५ शय्याको आईसोलेसन तयार हुँदै « Khabarhub

प्रदेश नं २ मा एक सय १५ शय्याको आईसोलेसन तयार हुँदै


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि प्रदेश नं २ का बिभिन्न मेडिकल कलेज तथा अस्पतालमा गरेर एक सय १५ शय्या आईसोलेसन वार्डको निर्माणका लागि प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयले तीब्र गतिका साथ काम अघि बढाएको छ ।

जनकपुरमा रहेको प्रादेशिक अस्पतालमा तीन वटा, नारायणी उपक्षेत्रीय अस्प्तालमा पाँच वटा, जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा ६० वटा तथा नेशनल मेडिकल कलेजमा पनि ५० वटा आईसोलेशन वार्डको निर्माणका लागि काम अगाडी बढाएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका उपनिर्देशक बिजयकुमार झाले जानकारी दिए ।

प्रदेश नं २ मा पनि हालसम्म एक जनामा पनि कोरोनाको संक्रमण नदेखिएको भएपनि पूर्व सतर्कताका लागि आईसोलेसन वार्डको निर्माण कार्य अगाडी बढाएको उपनिर्देशक झाले जानकारी दिए ।

यसैगरी कोरोनाको संक्रमण हुन नदिनका लागि सीमा क्षेत्रमा बिशेष निगरानी बढाउने काम भएको छ । बिभिन्न पालिकाहरुमा पनि हेल्थ डेक्स सञ्चालनका लागि काम अगाडी बढाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भारतबाट आईरहेका दुई जना यूवालाई धनुषा जिल्लाको सिमानामा पर्ने भारतको जयनगरमा भारत सरकारले राखेको कोरोना हेल्थ डेक्सले शंकाको आधारमा मधुबन्नी जिल्लाको सदर अस्पतालमा लगेर चेकजाँच गराउदा निगेटिभ रिपोर्ट पाईएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।

यसका बाबजूद पनि भारतमा कोरोनाको संक्रमण देखा परेको र खुल्ला सीमाना भएका कारणले सीमा क्षेत्रमा निगरानी बढाउने काम भएको प्रमुख जिल्ला अधिकारी कणेलले जानकारी दिए ।

उता सरकारी बिद्यालयहरुमा आजदेखि दुई सिफ्टमा गरेर भएपनि ६ गतेसम्म बार्षिक परीक्षा सक्ने गरी परिक्षा शुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको सबै सामुदायिक बिद्यालयहरुमा आजदेखि परीक्षा शुरु भएको हो ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ३ : ३३ बजे

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री