प्रदेश नं २ मा एक सय १५ शय्याको आईसोलेसन तयार हुँदै « Khabarhub

प्रदेश नं २ मा एक सय १५ शय्याको आईसोलेसन तयार हुँदै


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि प्रदेश नं २ का बिभिन्न मेडिकल कलेज तथा अस्पतालमा गरेर एक सय १५ शय्या आईसोलेसन वार्डको निर्माणका लागि प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयले तीब्र गतिका साथ काम अघि बढाएको छ ।

जनकपुरमा रहेको प्रादेशिक अस्पतालमा तीन वटा, नारायणी उपक्षेत्रीय अस्प्तालमा पाँच वटा, जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा ६० वटा तथा नेशनल मेडिकल कलेजमा पनि ५० वटा आईसोलेशन वार्डको निर्माणका लागि काम अगाडी बढाएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका उपनिर्देशक बिजयकुमार झाले जानकारी दिए ।

प्रदेश नं २ मा पनि हालसम्म एक जनामा पनि कोरोनाको संक्रमण नदेखिएको भएपनि पूर्व सतर्कताका लागि आईसोलेसन वार्डको निर्माण कार्य अगाडी बढाएको उपनिर्देशक झाले जानकारी दिए ।

यसैगरी कोरोनाको संक्रमण हुन नदिनका लागि सीमा क्षेत्रमा बिशेष निगरानी बढाउने काम भएको छ । बिभिन्न पालिकाहरुमा पनि हेल्थ डेक्स सञ्चालनका लागि काम अगाडी बढाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भारतबाट आईरहेका दुई जना यूवालाई धनुषा जिल्लाको सिमानामा पर्ने भारतको जयनगरमा भारत सरकारले राखेको कोरोना हेल्थ डेक्सले शंकाको आधारमा मधुबन्नी जिल्लाको सदर अस्पतालमा लगेर चेकजाँच गराउदा निगेटिभ रिपोर्ट पाईएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।

यसका बाबजूद पनि भारतमा कोरोनाको संक्रमण देखा परेको र खुल्ला सीमाना भएका कारणले सीमा क्षेत्रमा निगरानी बढाउने काम भएको प्रमुख जिल्ला अधिकारी कणेलले जानकारी दिए ।

उता सरकारी बिद्यालयहरुमा आजदेखि दुई सिफ्टमा गरेर भएपनि ६ गतेसम्म बार्षिक परीक्षा सक्ने गरी परिक्षा शुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको सबै सामुदायिक बिद्यालयहरुमा आजदेखि परीक्षा शुरु भएको हो ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ३ : ३३ बजे

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वाग्मती– पूर्वपश्चिम राजमार्गअन्तर्गत  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा  मोटरसाइकलको ठक्करबाट

जाडोमा मुटु जोगाउन डा. ओम मूर्तिका ४ सुझाव 

काठमाडौं– जाडो मौसम सुरु भएसँगै हृदयघात मस्तिष्कघात लगायतका स्वास्थ्य जोखिम

कुलमानले ल्याएको सडक मर्मत एम्बुलेन्सले कसरी गर्छ काम ?

काठमाडौं – काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स

पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा एक अर्ब

क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा