कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन राष्ट्रपति भण्डारीको आह्वान « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन राष्ट्रपति भण्डारीको आह्वान


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस(कोभिड–१९) विश्वव्यापी महामारीको रुपमा फैलिएको भन्दै उच्च सतर्कता अपनाउन अपिल गरेकी छिन् ।

शनिवार सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरु अवलम्बन गर्न आग्रह गरेकी हुन् ।

उनले कोरोना भाइर विरुद्धको विश्वव्यापी अभियानमा सबै एकजुट हुनुपर्ने उल्लेख गरेकी छिन् ।

ट्वीटमा लेखिएको छ–‘विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गरौं ! यस रोग विरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔं !’

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ५ : ५२ बजे

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी