कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन राष्ट्रपति भण्डारीको आह्वान « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन राष्ट्रपति भण्डारीको आह्वान


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस(कोभिड–१९) विश्वव्यापी महामारीको रुपमा फैलिएको भन्दै उच्च सतर्कता अपनाउन अपिल गरेकी छिन् ।

शनिवार सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरु अवलम्बन गर्न आग्रह गरेकी हुन् ।

उनले कोरोना भाइर विरुद्धको विश्वव्यापी अभियानमा सबै एकजुट हुनुपर्ने उल्लेख गरेकी छिन् ।

ट्वीटमा लेखिएको छ–‘विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गरौं ! यस रोग विरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔं !’

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ५ : ५२ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि