संविधान संशोधनको बहस उचित छैन : मन्त्री ज्ञवाली « Khabarhub

संविधान संशोधनको बहस उचित छैन : मन्त्री ज्ञवाली


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानको सीमा हरेफेर गर्ने बहस उचित नभएको बताएका छन् ।

उनले अहिले संविधान कार्यान्वयन गर्ने समय भएकाले संविधान संशोधनको बहस गर्ने समय नभएको बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तानसेन नगर कमिटीद्वारा पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको शुभारम्भ कार्यक्रममा उनले पहिलो काम समृद्ध नेपाल बनाउनुपर्ने अवस्था रहेकाले संविधानका सीमा हेरफेरको बहस उचित नभएको उल्लेख गरे ।

उनले नेकपा नेतृत्वको सरकारले जनताका आशा र भरोसाको विश्वास टुट्न नदिने बताउए ।

मन्त्री ज्ञवालीले संविधान जलाउने समूहलाई वार्ताबाट संविधान स्वीकार्य गर्ने बनाएको बताए । उनले नेकपाप्रति जनताको भरोसा अझै रहेकाले यसलाई कायम गरी पार्टी र सरकार लाग्नुपर्नेमा जोड दिए ।

नेकपाका नेता सोमप्रसाद पाण्डेय र ठाकुर गैरेले पार्टी बलियो र व्यवस्थित गर्न अभियान सफल हुनुपर्ने बताए । नगर कमिटीले आजदेखि तीन महिना पार्टी जनसम्बन्ध विस्तार अभियान सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ७ : २२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित