सीमा विवाद समाधानका लागि कूटनीतिक पहल जारी : परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

सीमा विवाद समाधानका लागि कूटनीतिक पहल जारी : परराष्ट्रमन्त्री ज्ञवाली


१ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको सीमा विवाद समस्या समाधानका लागि कूटनीतिक तवरबाट पहल भइरहेको बताएका छन् ।

उनले भारतले लिपुलेक जस्ता सीमा मिचेकाले उक्त क्षेत्र फर्काउन वार्ताको मिति तोक्न कूटनीतिक पहल भइरहेको बताए ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ कार्यक्रममा उनले भारतले एकलौटी रुपमा नेपालको भूमिलाई समेटेर तयार पारेको नक्सा नेपालका लागि मान्य नभएको भन्दै कूटनीतिक तरिकाबाट सीमा समस्या हल गर्नका लागि वार्ताको माध्यमबाट समाधान गर्न मिति तत्कालै तोक्ने गरी तयारी भएको जानकारी गराए ।

“धेरै व्यक्तिबाट विभिन्न प्रकारका कुरा आइरहेका छन् तर सरकार कति पनि झुकेको छैन”, मन्त्री ज्ञवालीले भने, “वार्ताबाट समस्याको समाधान खोज्दा ढिलाइ भएको हो ।”

इतिहासमै पहिलोपटक सरकार निडरताका साथ प्रस्तुत भएकाले भारत पनि सीमा विवाद समाधानमा भएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ९ : ५५ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि