कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५९९ पुग्यो | Khabarhub Khabarhub

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५९९ पुग्यो


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५९९ पुगेको छ ।

विश्वमा १९ लाख २३ हजार ८५८ संक्रमित छन् । पछिल्लो २४ घण्टामा मात्र ७१ हजार ४९२ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये १३ लाख ६० हजार २४२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५१ हजार ७४० को अवस्था चिन्ताजनक छ । ४ लाख ४४ हजार १७ जना भने उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय भन्दा बढीले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार ६१० पुगेको छ ।

अमेरिकामा एकैदिन २६ हजार ७७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ८६ हजार ३ सय नाघेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३६ हजार २१८ जना उपचारपछि निको भएका छन् । १२ हजार ७७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ५ लाख २६ हजार ५४९ जना उपचाररत छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा ५४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ७५६ पुगेको छ ।

स्पेनमा एकैदिन ३ हजार २६८ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७० हजार ९९ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ६४ हजार ७२७ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८७ हजार ६१६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ५७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ९६७ पुगेको छ ।

एकै दिन ४ हजार १८८ जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ७ सयभन्दा बढी पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये २७ हजार ७१८ जना उपचारपछि निको भएका छन् । ६ हजार ८२१ जनाको अवस्था गम्भीर रहेको छ भने ९४ हजार ९४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

इटालीमा ज्यान गुमाउनेको संख्या २० हजार ४६५ पुगेको छ ।

इटालीमा एकैदिन ५६६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २० हजार ४६५ पुगेको हो ।

इटालीमा एकैदिन ३हजार १५३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५९ हजार ५१६ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ३५ हजार ४३५ जना उपचारपछि निको भएका छन् । ३ हजार २६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ३ हजार ६१६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ६ : ३३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन