कोरोनाको बहाना बनाएर घरधनीले ९ महिनाकी गर्भवतीलाई जबरजस्ती डेराबाट निकाले | Khabarhub Khabarhub

कोरोनाको बहाना बनाएर घरधनीले ९ महिनाकी गर्भवतीलाई जबरजस्ती डेराबाट निकाले


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- कोरोना भाइरस (कोभिड—१९) को बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठा (डेरा) बाट निकालेका छन्।

कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन्।

बागलुङ जैमिनी नगरपालिकाकी देवीका पति बैकुन्ठ शर्मा जाजरकोटमा अध्यापन गराउँछन्। काठमाडौंमा आउँदाजाँदा बस्नुपर्ने भएकाले शर्माले कीर्तिपुरमा पनि डेरा लिएका थिए। कीर्तिपुर आउनुअघि देवी जाजरकोटमा पतिसँगै बस्थिन्।

जाजरकोटबाट आएकाले कोरोना संक्रमण हुन सक्ने भन्दै घरधनी महर्जनले गर्भवती देवीसहित उनका पति र सानो बालकलाई डेराबाट निकालेर ढोकामा ताला लगाएका छन्। चिकित्सकले यही वैशाख अन्तिम साता सुत्केरी हुने समय तोकेकाले उनीहरु गत बुधबार एम्बुलेन्समा कीर्तिपुरस्थित डेरामा आएर बस्न थालेका थिए।

घरधनी महर्जनले छिमेकीसमेत जम्मा गरी आफूहरूलाई दुव्र्यवहार गर्दै जबरजस्ती कोठाबाट निकालेको शर्माले बताए। ‘कोठामा सेल्फ क्वारेन्टाइनमा बसेका थियौं,’ शर्माले भने, ‘उताबाट आएको दिनदेखि नै घरधनीले कोठाबाट निस्किन दबाब दिएका थिए। घरधनीले आइतबार त दुव्र्यवहार गर्दै निकाले।’ यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ६ : ४१ बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मेक्सिको र युरोपेली देशको सामानमा ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट महिनादेखि लागु हुने

प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ ।

आज २१२ औँ भानु जयन्ती : विशेष कार्यक्रम गरेर मनाइँदै

काठमाडौं – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर