संक्रमित भेटिएपछि थप परीक्षणमा ताते स्थानीय तह | Khabarhub Khabarhub

संक्रमित भेटिएपछि थप परीक्षणमा ताते स्थानीय तह


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कोरोना भाइरसको सङ्क्रमित देखिन थालेपछि स्थानीय सरकारले विदेशबाट आएका तर हालसम्म सम्पर्कमा नआएकाहरुलाई परीक्षणमा ल्याउन लगत सङ्कलन कार्य अघि बढाएको छ ।

कैलालीको लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्याङ्क सङ्कलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले सोमबारदेखि अभियान शुरु थालेको छ । यसअघि जानकारीमा आएकालाई क्वारेन्टाइनमा राखिएकामा अब परीक्षणक लागि व्यक्तिहरु खोज्न थालिएको छ ।

लम्की चुहा नगरपालिकाले ४ सय ८४ जना विदेशबाट आएका नागरिक पत्ता लगाएको छ । जानकी गाउँपालिकामा यस्तो सङ्ख्या २ सय ३७ छ । यसरी पत्ता लगाएका व्यक्तिको सोमबारबाटै र्‍यापिड डायग्नोष्टिक टेष्ट शुरु गरिएको लम्की चुहा नपाका स्वास्थ्य प्रमुख जयन्ती बिसीले जानकारी दिए ।

‘हामीलाई पाँच सय परीक्षण किट प्राप्त भएको छ, मानिसहरु अझै लुकेको हुन सक्ने सम्भावना भएकाले जनप्रतिनिधिहरु खोज्ने अभियानमै हुनुहुन्छ,’बिसीले भने, ‘लम्कीका दुई नागरिकमा कोभिड १९ सङ्क्रमण देखिएपछि त्रास बढेको छ । हामीले सम्पर्कमा नआएका नागरिकहरु पनि खोज्न थालेका हौं ।’

धनगढी उपमहानगरपछि ठूलो जनसङ्ख्या भएको टीकापुर नगरपालिकामा खोजी अभियान शुरु भएको स्वास्थ्य प्रमुख बलबहादुर रावलले जानकारी दिए । रावलका अनुसार एक २७ टोली बनाएर स्वास्थ्यकर्मी र स्वयंसेवी गरी २ सय ५४ जना परिचालन गरिएको छ ।

परिचालन गरिएका स्वास्थ्यकर्मी र स्वयंसेवीले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्ने, साबुन पानीले हात धुन सिकाउने र साबुन वितरण गर्ने जनाइएको छ । साथै विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने तथा कोभिड १९ का लक्षण र बच्ने उपायबारे जानकारी गराइने छ ।

तीन दिनभित्र तथ्याङ्क सङ्कलन गर्ने रणनीतिअनुसार काम शुरु गरिएको संयोजक रावलले बताए।

टीकापुरमा विदेशबाट आएकाहरु ३३० जना रहेको जनाइएको छ । तथ्याङ्क सङ्कलनपछि आरडिटी विधिबाट छिटो परीक्षण गरिनेछ । यहाँ हालसम्म ६० जनाको र्‍यापिड टेष्ट र ३७ जनाको स्वाब परीक्षण भइसकेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ८ : ५२ बजे

स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज प्रत्यक्ष

मतभेद हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न देउवाको निर्देशन

सुदूरपश्चिम – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र

सरकारको आम्दानीभन्दा खर्च बढी

काठमाडौं – सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । आन्तरिक

ज्ञानेन्द्रले पढाएको प्रजातन्त्रको पाठ – सोह्र दुना आठ !

फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको

गण्डकी प्रदेश सभामा थप दुई विधेयक दर्ता

पोखरा । गण्डकी प्रदेश सरकारले विधेयक दर्ताको प्रक्रिया तीव्र बनाउँदै