भारतसँगको सीमामा थप कडाइ गर्नु पर्‍यो– राप्रपा अध्यक्ष राणा | Khabarhub Khabarhub

भारतसँगको सीमामा थप कडाइ गर्नु पर्‍यो– राप्रपा अध्यक्ष राणा


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले भारतीय सीमानाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम तुरुन्त नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयासमा सुरक्षा अंग थप प्रभावकारी ढंगले परिचालन गरी भारतबाट अनाधिकृत रूपमा नेपाल आउने क्रम अन्त्य गर्नु जरूरी भएको उनले सामाजिक सञ्जाल ट्वीटमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सुदूरपश्चिमका कैलालीलगायत सीमावर्ती जिल्लाहरूमा खेतबारी, गोरेटो र जंगलबाट बन्दाबन्दीमै लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम जारी रहेको देखिएको उल्लेख गर्दै अध्यक्ष राणाले ती स्थानमा सख्त निगरानी गर्नुपर्ने बताएका छन् । साथै भारतको दिल्लीस्थित निजामुद्दिनमा सम्पन्न धार्मिक भेलासँग सम्बन्धित कोरोना भाइरसको जोखिमप्रति पनि नेपालले उच्च सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ ।

कोरोना संक्रमणको संवेदनशीलता र सावधानीलाई ध्यानमा राख्दै यस अवधिमा भारतबाट कति मानिस गाउँघर भित्रिए भन्ने यथार्थ जानकारी राख्नुपर्ने र त्यस्ता व्यक्तिलाई उच्च सतर्कताका साथ क्वारेन्टाइनमा राख्नु पर्ने अध्यक्ष राणको सुझाव छ ।

काठमाडौं आसपासका जिल्लाका किसानले तरकारीको उचित मूल्य नपाएपनि बिचौलीयाका कारण राजधानी भित्रिने तरकारीको भाउ अचाक्ली बढेकोमा उनले सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि किसान र उपभोक्ता दुवैलाई लाभ हुने गरी संकटकालीन ढुवानी व्यवस्था लागू गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ४ : १७ बजे

शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी– बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न

तनहुँको ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा काठमाडौंबाट चारजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेका म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा चारजना चिनियाँ

कलाकार राजनीतिमा : जम्न सक्दैनन्, भेलमा हामफाल्ने क्रम जारी

काठमाडौं – गत वर्षको फागुनको कुरा हो– तत्कालीन प्रधानमन्त्री एवं

सगरमाथा चौधरी आँखा अस्पतालमा दुई हजार बढी बिरामीको निःशुल्क शल्यक्रिया

सिरहा– नेपाल नेत्रज्योति संघद्वारा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा