रोनाल्डो र मेस्सी दुवै उत्कृष्ट हुन्, मलाई मेस्सी मनपर्छ – लिभरपुल प्रशिक्षक क्लोप « Khabarhub

रोनाल्डो र मेस्सी दुवै उत्कृष्ट हुन्, मलाई मेस्सी मनपर्छ – लिभरपुल प्रशिक्षक क्लोप


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व नोबेल कोरोना भाइरस (कोभिड १९) महामारीबाट गुज्रिरहँदा विश्व फुटबलका दुई स्टार खेलाडी अजेन्टिना तथा बार्सिलोना कप्तान लियोनल मेस्सी र पोर्चुगलका कप्तान तथा युभेन्टसका खेलाडी क्रिष्टियानो रोनाल्डोबीच को उत्कृष्ट भन्ने चर्चा भने चलिरहेको छ ।

विश्व फुटबलमा पछिल्लो एक दशकभन्दा लामो समयदेखि चर्चाको शिखरमा रहेका यी दुई खेलाडीका प्रशंसकले आ आफ्नै तर्क गर्दै उनीहरु उत्कृष्ट रहेको दाबी गर्दै आएका छन् ।

मेस्सी र रोनाल्डो विश्व फुटबलमा सबैभन्दा बढी चर्चामा आउने खेलाडी हुन् । उनीहरुले सयौं गोल गर्दै आफ्नो नाममा कीर्तिमानीहरु बनासकेका छन् । अझै मैदानमा अभ्यस्त यी खेलाडी कहिले सम्म खेल्छन् भन्ने पनि अहिले चर्चाको विषय बन्ने गरेको छ ।

तर, यहाँ अहिले लिभरपुलका प्रशिक्षक योर्गन क्लोपलाई मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्ने प्रश्न गरिएको छ । पहिले बोरुसिया डर्टमन्ड र अहिले लिभरपुलमा रहँदा यी दुई खेलाडीको पटक–पटक सामना क्लोपले गरिरहेकै हुन्छन् ।

यीनै क्लोपले रोनाल्डोभन्दा आफुलाई रोनाल्डो राम्रो लाग्ने तर्क गरेका छन् । ‘मेरा लागि मेस्सी, तर, मैले रोनाल्डोलाई पनि अस्वीकार गर्ने सकिँदैन । हामीले दुवै खेलाडीसँग खेलेका छौं । दुवैलाई रोक्न असम्भव प्राय हुन्छ । तर, मेस्सी शारीरीक रुपमा जन्मदेखि नै केही सहज छन्,’ एक युट्युब च्यानलसँगको सम्बादमा क्लोपले भने ।

‘यदि तपाईले आफ्नो अगाडि कुनै खेलाडीको चित्र उर्तानुहुन्छ भने त्यो रोनाल्डोको उचाईको हुनेछ उनले त्यतिकै दौडिन्छन् र जम्प पनि गर्छन् जति उनी सक्छन्,’ २०१९–०२० च्याम्पियन्स लिग विजेता प्रशिक्षक क्लोपले भने ।

गएको सिजनमा मेस्सीले बालोन डि अर जित्दै सबैभन्दा धेरै छ पटकको कीर्तिमान बनाएका थिए भने रोनाल्डोको नाममा ५ बालोन डि अर रहेका छन् ।
यी दुई खेलाडी ला लिगामा एक अर्काका प्रतिद्वन्दीका रुपमा रहे जबसम्म रोनाल्डो युभेन्ट्सका लागि इटाली गएका थिएनन् ।

‘अर्को तर्फ सानो (उचाई) मेस्सी जसले हरेक कुरालाई सामान्य रुपमा सम्भव बनाइरहेका हुन्छन् । त्यसैले पनि होला मैदानमा एउटा उत्कृष्ट खेलाडीका रुपमा मैले मेस्सीलाई छान्छु,’ क्लोपले भने ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १० : ०३ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट