रोनाल्डो र मेस्सी दुवै उत्कृष्ट हुन्, मलाई मेस्सी मनपर्छ – लिभरपुल प्रशिक्षक क्लोप | Khabarhub Khabarhub

रोनाल्डो र मेस्सी दुवै उत्कृष्ट हुन्, मलाई मेस्सी मनपर्छ – लिभरपुल प्रशिक्षक क्लोप


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व नोबेल कोरोना भाइरस (कोभिड १९) महामारीबाट गुज्रिरहँदा विश्व फुटबलका दुई स्टार खेलाडी अजेन्टिना तथा बार्सिलोना कप्तान लियोनल मेस्सी र पोर्चुगलका कप्तान तथा युभेन्टसका खेलाडी क्रिष्टियानो रोनाल्डोबीच को उत्कृष्ट भन्ने चर्चा भने चलिरहेको छ ।

विश्व फुटबलमा पछिल्लो एक दशकभन्दा लामो समयदेखि चर्चाको शिखरमा रहेका यी दुई खेलाडीका प्रशंसकले आ आफ्नै तर्क गर्दै उनीहरु उत्कृष्ट रहेको दाबी गर्दै आएका छन् ।

मेस्सी र रोनाल्डो विश्व फुटबलमा सबैभन्दा बढी चर्चामा आउने खेलाडी हुन् । उनीहरुले सयौं गोल गर्दै आफ्नो नाममा कीर्तिमानीहरु बनासकेका छन् । अझै मैदानमा अभ्यस्त यी खेलाडी कहिले सम्म खेल्छन् भन्ने पनि अहिले चर्चाको विषय बन्ने गरेको छ ।

तर, यहाँ अहिले लिभरपुलका प्रशिक्षक योर्गन क्लोपलाई मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्ने प्रश्न गरिएको छ । पहिले बोरुसिया डर्टमन्ड र अहिले लिभरपुलमा रहँदा यी दुई खेलाडीको पटक–पटक सामना क्लोपले गरिरहेकै हुन्छन् ।

यीनै क्लोपले रोनाल्डोभन्दा आफुलाई रोनाल्डो राम्रो लाग्ने तर्क गरेका छन् । ‘मेरा लागि मेस्सी, तर, मैले रोनाल्डोलाई पनि अस्वीकार गर्ने सकिँदैन । हामीले दुवै खेलाडीसँग खेलेका छौं । दुवैलाई रोक्न असम्भव प्राय हुन्छ । तर, मेस्सी शारीरीक रुपमा जन्मदेखि नै केही सहज छन्,’ एक युट्युब च्यानलसँगको सम्बादमा क्लोपले भने ।

‘यदि तपाईले आफ्नो अगाडि कुनै खेलाडीको चित्र उर्तानुहुन्छ भने त्यो रोनाल्डोको उचाईको हुनेछ उनले त्यतिकै दौडिन्छन् र जम्प पनि गर्छन् जति उनी सक्छन्,’ २०१९–०२० च्याम्पियन्स लिग विजेता प्रशिक्षक क्लोपले भने ।

गएको सिजनमा मेस्सीले बालोन डि अर जित्दै सबैभन्दा धेरै छ पटकको कीर्तिमान बनाएका थिए भने रोनाल्डोको नाममा ५ बालोन डि अर रहेका छन् ।
यी दुई खेलाडी ला लिगामा एक अर्काका प्रतिद्वन्दीका रुपमा रहे जबसम्म रोनाल्डो युभेन्ट्सका लागि इटाली गएका थिएनन् ।

‘अर्को तर्फ सानो (उचाई) मेस्सी जसले हरेक कुरालाई सामान्य रुपमा सम्भव बनाइरहेका हुन्छन् । त्यसैले पनि होला मैदानमा एउटा उत्कृष्ट खेलाडीका रुपमा मैले मेस्सीलाई छान्छु,’ क्लोपले भने ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १० : ०३ बजे

नेपाल भारत सम्बन्ध ऐतिहासिक : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी अन्तिम चरणमा

काठमाडौं- ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद

‘स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक’

काठमाडौं– स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक रहेको

बागमतीमा मन्त्रीको शपथ लिन नपाएका सांसदलाई धोका, भन्छन्- देउवाले सहमति पालना गरेनन्

काठमाडौं– गत साउन १३ गते कांग्रेस संसदीय दलको नेतामा अल्पमतमा

शिक्षा विधेयक संशोधन गर्न प्याब्सनको माग

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र नेपाल निजी