वीरगन्ज र नेपालगन्जमा कोरोना संक्रमितका लागि बेड अभाव, क्वारेन्टाइनस्थलमै उपचार | Khabarhub Khabarhub

वीरगन्ज र नेपालगन्जमा कोरोना संक्रमितका लागि बेड अभाव, क्वारेन्टाइनस्थलमै उपचार


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसका संक्रमितको संख्या बढेपछि पर्सा र बाँकेमा बिरामी राख्ने बेडको अभाव भएको छ ।

आकलन गरिएभन्दा बढी संक्रमित फेला पर्न थालेपछि निश्चित क्षमतासहित सञ्चालन गरिएका कोरोना भाइरस संक्रमितको उपचार केन्द्र (कोभिड अस्पताल) मा बेड अभाव हुन थालेको हो ।

पर्सामा बुधबारसम्म ८५ जना संक्रमित देखिएका छन् । संक्रमितका लागि बेड अभाव भएपछि क्वारेन्टाइन स्थलमै उपचार सुरू गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

कोरोना संक्रमितका लागि ७० बेड तयार गरिएको नारायणी अस्पतालमा बेड अभाव भएपछि कोरोना भाइरसका नयाँ संक्रमितको सिद्धार्थ माविमा बनाइएको क्वारेन्टाइनमा  उपचार सुरु गरिएको छ ।

अस्पतालमा बेड अभाव भएपछि सिद्धार्थ माविको क्वारेन्टाइनमा २१ जना संक्रमितको उपचार भइरहेको वीरगञ्जका मेयर विजय सराबगीले जानकारी दिए ।

वीरगञ्जमा जिल्लाबाहिरका पनि संक्रमित ल्याइएपछि ९१ जनाको उपचार भइरहेको सहायक प्रजिअ बस्नेतले जानकारी दिए ।

संक्रमितको संख्या बढ्ने सम्भावना भएकाले अस्पतालको क्षमता विस्तार वा कोरोना संक्रमितका लागि छुट्टै अस्पताल तयार गर्ने विकल्पबारे छलफल सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए ।

‘नारायणी अस्पतालमै बेड विस्तार गर्न सकिने विकल्प पनि छलफलमा आएको छ,’ बस्नेतले भने, ‘त्यो भएन भने स्थानीय गण्डक अस्पतालमा ५० बेड क्षमतामा संक्रमितको उपचार गर्ने गरीको तयारी भइरहेको छ ।’

आजै उक्त विषयको निर्क्यौल भएपछि क्वारेन्टाइनस्थलमा रहेका संक्रमितलाई अस्पतालमा सारिने उनले जानकारी दिए ।

अन्यत्रबाट पनि विरामी ल्याइदा पर्साकै संक्रमितलाई उपचार गर्न बेड अभाव भएकाले अरू प्रशासन कार्यालयलाई संक्रमित देखिएकै क्षेत्रमा प्रबन्ध गर्न समन्वय गरिरहेको पनि उनले बताए ।

उनले भने, ‘जनकपुरमै पनि कोभिड अस्पताल सञ्चालनको गर्ने घोषणा भएको हो तर त्यताका संक्रमित पनि यतै ल्याउँदा यता अभावको अवस्था छ, उतातिर पनि हामीले समन्वय गरिरहेका छौँ ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भने जनकपुरमा प्रादेशिक अस्पतालसँगै रहेको कारोना भाइरस संक्रमितको उपचारका लागि तयार भएको ४० बेड क्षमताको ‘कोभिड अस्पताल’ बुधबारदेखि सञ्चालनमा आएको जानकारी दिए ।

‘हामीले बुधबारदेखि सञ्चालनमा ल्याएको अस्पतालमा धनुषाका ४ र सर्लाहीका १ जना संक्रमितको उपचार सुरु भएको छ,’ उनले भने, ‘आइसोलेसनमा राखिएका २ सय जनाको रिपोर्ट आउन बाँकी छ, अन्यत्रको पनि परीक्षण नतिजा आउन बाँकी छ अब जिल्लाका संक्रमितलाई यही उपचार गराउछौँ ।’

बाँकेको नेपालगञ्जमा पनि कोरोना संक्रमति राख्न बेड अभाव भएको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई हाल कोरोना भाइरस संक्रमितको उपचार गर्ने डेडिकेटेड अस्पताल तोकिए पनि २५ बेड क्षमताको उक्त अस्पताल पनि संक्रमितले भरिएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार संक्रमित बढ्ने सम्भावना कायमै रहेकाले विकल्प खोज्न सुरु गरिएको छ ।

‘तत्काललाई अरू ५ जनासम्मलाई प्रखर अस्पतालमै राख्न सकिने गरी क्षमता बढाइएको छ,’ उपाध्ययले भने, ‘त्यतिले मात्रै नपुग्ने निश्चित जस्तै छ, अरू विकल्प पनि खोजिँदै छ ।’

उनका अनुसार स्थानीय लायन्स डेन्टल अस्पतालमा अहिले बिरामी नभएकाले त्यसैलाई २५/३० बेड क्षमतामा कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने तयारी भएको छ ।

भारतले लकडाउन खुकुलो बनाउदै रेल सेवा सुरु गरेपछि नाकामा नेपाल भित्रनेको संख्या बढ्ने सम्भावना भएको उनले बताए ।

भारतबाट एकैचोटी हजारौँका संख्यामा नेपाली आए भने उनीहरुको परीक्षण गर्नेदेखि संक्रमित भइहाले उपचार गर्ने चुनौती समेत थपिएको उपाध्यायको भनाइ छ ।

भारतबाट आएकाहरुबाट कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले सीमा नाकामा अझ कडाइ गर्ने भएको छ । यसका लागि सुरक्षाकर्मीको संख्या बढाउने र सीमा नाकासम्म आइपुगेका नेपालीलाई त्यही राख्ने नीति लिइने कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

‘अहिले फैलिएको संक्रमण यहाँ आन्तरिकरूपमा भन्दा पनि भारततिरबाट आएकाहरुबाट देखियो,’ बिडारीले भने, ‘यसर्थ सीमा नाकामा अझ कडाइ गर्दै परीक्षणको दर बढाइन्छ ।’

यसअघि लकडाउन खुकुलो बनाउदाको भन्दा अहिलेको परिस्थिति जटिल भएकाले यसबारे समीक्षा गरेर निर्णय लिन समितिको बैठक भोलिसम्म बसिसक्ने उनले जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले नेपालमा संक्रमित बढिरहँदा नाका खुकुलो भएर भारतबाट हजारौँ संख्यामा नेपाली भित्रिए सबैको परीक्षण गर्ने चुनौती थपिने बताए ।

‘अहिले हामी जति नेपालीहरु छौँ त्यसको ०.०५ प्रतिशत मानिसलाई अहिले तुरुन्तै परीक्षण गर्न सक्ने भन्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ,’ श्रेष्ठले भने, ‘तर धेरै संख्यामा मानिस आए त्यसको व्यवस्थित रुपमा व्यवस्थापनमा लाग्नुपर्ने देखिन्छ ।’

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १२ : ३३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका