अख्तियारद्वारा धनगढी उपमहानगरपालिकाका कागजात नियन्त्रणमा « Khabarhub

अख्तियारद्वारा धनगढी उपमहानगरपालिकाका कागजात नियन्त्रणमा


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कैलालीको धनगढी उपमहानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले छापा हानेर कागजात नियन्त्रणमा लिएको छ ।

धनगढीस्थित ठाकुर ट्रेड लिंकलाई चामललगायतका सामग्री आपूर्तिको ठेक्का दिँदा अनियमिता भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि आयोगले आज छापा मारेर राहत सामग्री खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको हो ।

राहत सामाग्री खरिद प्रक्रियामा भएको अनियमितताबारे छानविन गर्न सबै कागजपत्र नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता टोपबहादुर विष्टले बताए ।

ठाकुर ट्रेड लिंकलाई बोलपत्र दर्ताको समय नसकिँदै र मूल्याङ्कन नगरी उपमहानगरपालिकाले बोलपत्र स्वीकृतका लागि टिप्पणी उठाएको बुझिएको छ । उपमहानगरपालिकाले गत वैशाख ११ गते बोलपत्र आह्वान गरेकामा दर्ताको समय वैशाख १४ गते १२ः०० बजेसम्म राखेको थियो ।

वैशाख १४ गतेसम्म बोलपत्र दर्ताको समय भए पनि उपमहानगरपालिकाले भने वैशाख १२ गते नै ठाकुर ट्रेड लिंंकको बोलपत्र मूल्याङ्कनमा सफल भइसकेको उल्लेख गरेको छ ।

उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख नारायणप्रसाद शर्मा, जिन्सी शाखा प्रमुख कृष्णप्रसाद जोशी, खरिद एकाइ प्रमुख सुरेन्द्र कार्की, लेखा अधिकृत डिल्लीराज ओझा र लेखा शाखा प्रमुख सरस्वती जोशीले उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतलाई स्वीकृतका लागि टिप्पणी उठाएर पेश गरेको देखिएको छ ।

सप्लायर्सले आपूर्ति गरेको चामल कुहिएको भेटिएपछि उपमहानगरपालिकाका विभिन्न वडाका स्थानीयले राहतको चामल फिर्ता गरेका थिए । उपमहानगरपालिकाले लकडाउनमा दैनिक छाक टार्न समस्या भएकालाई राहत दिने भनेर धनगढीस्थित ठाकुर ट्रेड लिंकसँग रु दुई करोड ६१ लाखमा चामल, दाल, नुन र तेल आपूर्तिका लागि सम्झौता गरेको थियो ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ९ : ०७ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि