मेक्सिकोमा विषाक्त मदिरा पिउँदा ४२ जनाको मृत्यु « Khabarhub

मेक्सिकोमा विषाक्त मदिरा पिउँदा ४२ जनाको मृत्यु


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा दाहसंस्कार कार्यक्रममा विषाक्त मदिरा पिउँदा कम्तीमा ४२ जनाको मृत्यु भएको छ।

त्यहाँका अधिकारीका अनुसार राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरू ११ जना जीवनमरणको दोसाँधमा छन्।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीय सरकारले जनाएको छ। मदिरा पिएपछि ती मानिसलाई वान्ता हुने र टाउको दुख्ने समस्या भएको थियो।

स्थानीय अधिकारीका अनुसार कोरोना भाइरस महामारीका कारण बजारमा बियर र अरु प्रशोधित मदिरा पाइन छाडेको छ। त्यही कारण मानिसले मिसावटयुक्त मदिरा पिएको बताइएको छ। गत महिना पनि अखाद्य मदिरा खाँदा पश्चिमी जालिस्को प्रान्तमा २१ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १ : २२ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि