पौडेललाई उपसभामुख बनाउने प्रस्ताव जनमोर्चाद्वारा अस्वीकार « Khabarhub

पौडेललाई उपसभामुख बनाउने प्रस्ताव जनमोर्चाद्वारा अस्वीकार


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउन सत्तारुढ दलको प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सांसद पौडेललाई उपसभामुख बनाउन प्रस्ताव गरेको खुलासा गर्दै अध्यक्ष केसीले सो प्रस्ताव अस्वीकार गरेको बताएका हुन् ।

बिहीबार एक वक्तव्य प्रकासित गरी केसीले नेकपाले सांसद पौडेललाई उपसभामुख बनाउन प्रस्ताव गरेको तर, आफ्नो पार्टीले सो पद स्वीकार गर्न नसक्ने स्पष्ट पारेका हुन्।

‘उपसभामुखको पद स्वीकार गर्न नीतिगत रूपमा हामीलाई कुनै अप्ठेरो पर्ने कुरा थिएन। तर संसदमा हाम्रो पार्टीकोतर्फबाट एकजना मात्र प्रतिनिधि भएको हुनाले उहाँलाई प्रतिनिधिसभाको उपसभामुख बनाउँदा संसदमा हाम्रो राजनीतिक भूमिका नै समाप्त हुने भएकाले हामी अहिलेको विशिष्ट अवस्थामा त्यो पदलाई स्वीकार गर्न असमर्थ भएको कुराको जानकारी गराउन चाहन्छौँ’ वक्तव्यमा भनिएको छ।

हाल उपसभामुख पद खाली छ । सभामुख र उपसभामुख पद फरक फरक दलको हुनुपर्ने प्रावधान छ ।

 

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ११ : ३४ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न