विना स्वीकृत जिनेटिक अनुसन्धान गरेको भन्दै ६ जना चिकित्सकसँग स्पष्टिकरण माग « Khabarhub

विना स्वीकृत जिनेटिक अनुसन्धान गरेको भन्दै ६ जना चिकित्सकसँग स्पष्टिकरण माग


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ सङ्क्रमित एक युवाको अनुवांशिक (जिनेटिक) परिषद्को स्वीकृति वेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टिकरण सोधेको छ ।

परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा रञ्जित शाह र प्रयोगशालकै डा रुना झा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बाँस्तोला, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे, महाशाखाकै डा विवेककुमार लाल र महाशाखाकै डा हेमन्तचन्द्र ओझालाई स्पष्टिकरण मागेका हुन् ।

ती छ जनाले परिषद्लाई नै थाहै नदिई सङ्क्रमित युवाको स्वाब सङ्कलन गरी अनुसन्धानका लागि विदेशीलाई दिएका थिए । परिषद्ले उनीहरुले नेपालका कोभिड–१९ सङ्क्रमित एक युवाको जिनेटिकको अनुसन्धानमा विदेशीलाई संलग्न गराइ ‘माइक्रोवायोलोजी रिसोर्स अनाउन्समेन्ट’मा प्रकाशन गरेको अनुसन्धानमूलक लेखमा परिषद्को स्वीकृत नलिई प्रकाशन गरेको भन्दै परिषद् ऐन २०४७ को दफा १२ (३) बमोजिम स्पष्टिकरण सोधिएको परिषद्का प्रशासन प्रमुख खरेलले जानकारी दिए ।

परिषद्ले लेख प्रकाशित भएपछि गत वैशाख २६ गते स्पष्टिकरण सोध्ने निर्णय गर्दै उनीहरुलाई स्पष्टिकरणका लागि वैशाख २९ गते पत्र पठाएको थियो ।

“नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ बमोजिम कुनै पनि मानवस्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्नेमा स्वीकृति नलिइकन अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख प्रकाशन गरेको हुँदा तपाईहरुले परिषद्बाट स्वीकृत नलिई उक्त अनुसन्धानमूलक लेख प्रकाशन गरेवापत तपाईहरुलाई किन कारवाही नगर्ने ?” स्पष्टिकरणमा भनिएको छ, “कारवाही गर्न नपर्ने कुनै मनासिब कारण भए सोको स्पष्ट लिखित जवाफ प्रमाणसहित यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र परिषद्मा पेश गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा १२ (३) बमोजिम परिषद्को मिति २०७७ साल वैशाख २६ गतेको निर्णय भएको हुँदा निर्देशानुसार जानकारीका लागि अनुरोध छ ।”

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ११ : ५२ बजे

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा 

गलकोट– नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका

यस्तो छ आजको तरकारी तथा फलफूलको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछन् ।

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं– विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका  पीडितको

कालीगण्डकी करिडोर : कैकुखोलामा पक्की पुल निर्माण

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल