आँपको मूल्य सुनेर चकित ! « Khabarhub

आँपको मूल्य सुनेर चकित !


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अहिले गर्मीको मौसम छ । बजारका लगभग सबै फलफूल पसलमा मौसमी फल, आँप पाइन्छ ।

फलको राजा अनि स्वादिष्टको गुण भएको आँप प्राय मानिसको मनपर्ने फल हो । तसर्थ मानिस यसलाई अत्यधिक चाहवका साथ खाने गर्दछन् ।

यस पटक बजारमा प्रतिकिलो आँपको मुल्य ५० देखि १५० रुपैयाँसम्म रहेको छ । तर के कुनै आँप साधारण मान्छेले किन्ने क्षमता भन्दा बढि हुनसक्ला ? के मात्र दुई दाना आँपको मुल्य लाखौं पर्न सक्ला ?

हो, विश्वमा एक यस्तो प्रकारको आँप पनि छ । जसको खरिदकर्ता जो कोहि हुन सक्दैन । नेपालमा नपाइने यस आँप किन्नलाई ठुला ठुला ब्यापारीको पनि पसिना छुट्ने गर्दछ ।

ताईयो नो तामागो (एग अफ द सन) नामक आँप एक यस्तो प्रकारको आँप हो । जुन जापानको मियाजाकी प्रान्तमा फलाइन्छ । यहाँ हरेक बर्ष सबैभन्दा पहिला फलाइएको आँपको महंगो मुल्यमा बोली लगाईन्छ । र हेर्दा हेर्दै यसको मुल्यले आकाश छुने गर्दछ ।

यस प्रकारको आँपलाई अन्य आँप झै त्यसै फल्न दिइदैन । यो आँप पाउनका लागी यसको अर्डर गर्नु पर्दछ । यस आँपको विशेषता भनेको यो आधा रातो र आधा पहेलो हुने गर्दछ । जापानमा यसलाई जाडो र गर्मी मौसमको बिचमा फलाइन्छ । त्यसैले पनि यसको मुल्य अधिकतम रहने गरेको छ । यो आँपको स्वाद अन्य आँपको तुलनामा अत्यन्त स्वादिष्ट र रसिलो हुने गर्दछ ।

सन् २०१७ मा यस प्रकारको एक जोडी आँपलाई ३ हजार ६ सय डलरको बोली लगाइएको थियो । अर्थात मात्र दुई दाना आँपको मुल्य ४ लाख ३७ हजारभन्दा बढि । यी दुबै आँपको वजन मात्र ३५० ग्राम थियो । अब अनुमान मात्र लगाउनुहोस् मात्र ७ ग्रामको आँपको मुल्य ४ लाख ३७ हजार भन्दा बढि पर्दछ भने पुरा एक किलो आँपको मुल्य कति पर्ला ? एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ९ : ४४ बजे

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग