बच्चाको जिद्दीपन यसरी सुधार गर्नुहोस् « Khabarhub

बच्चाको जिद्दीपन यसरी सुधार गर्नुहोस्


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अभिभावकहरूले आफ्नो सन्तानको खुसीका लागी कैयौं प्रकारका सानाठुला त्यागहरू गरिरहेकै हुन्छन् ।

आफ्नो सन्तानलाई खुसी राख्न उनीहरूका हरेक हठलाई पुरा गर्दछन् । तर अभिभावकको यहि त्यागलाई बच्चाहरू जिद्दी हुन पुग्दछन् ।

कालान्तरमा उनीहरूको जिद्दी एक स्वभाव बनिदिन्छ र यीनै बच्चाहरू अभिभावकको नियन्त्रणमा आउदैनन् । तसर्थ बच्चाको हठलाई सुधार्ने केहि उपायका बारेमा चर्चा गर्नेछौ ।

१. कराउने/पिट्ने गर्नु हुदैन

कैयौं पटक अभिभावकहरू सन्तानको हठलाई पुरा गर्न नचाहे वा नसके उनीहरूलाई कराउने र पिट्ने गर्दछन् । तर कराउँदा वा पिट्दा उनीहरूको हठ केहिबेर शान्त त होला तर यो सुधारमा भने आउदैन ।

साथै यसले बालबालिकको मानसिकतामा असर समेत पार्दछ । र कतिपय अवस्थामा डिप्रेशन समेत हुनसक्छ । जसले गर्दा उनीहरूको मनोबल गिर्ने गर्दछ । र कुनै पनि काम गर्नु पुर्व उनीहरू डराउने गर्दछन् । तसर्थ बालबालिकाको हठ पुरा गर्न नचाहादाँँ उनीहरूलाई कराउनुको सट्टा सम्झाउन तर्फ लाग्नुहोस् ।

२. हठलाई पुरा नगर्नुहोस्
यदि तपाईको बच्चा कुनै हठ गर्छ भने त्यसलाई तत्काल पुरा नगर्नुहोस् । मानौ खाना खाए लगत्तै बच्चाले चकलेट वा कुनै सामाग्री मागेमा उसको डिमाण्ड तर्फ ध्यान नदिनुहोस् ।

यसो गरेमा बच्चाले बिस्तारै बिस्तारै आफ्नो माग भुलेर जान्छ र सामान्य व्यवहार गर्दछ ।

३. तपाईको सुझाव वा रिसलाई ठट्टा बनाएमा
कतिपय बच्चाहरू नकराउने वा नपिट्ने अभिभावकको रिस वा सुझावलाई ठट्टामा लिने गर्दछन् । यदि यस्तो भएम वा तपाईलाई बच्चाले धेरै दुखः दिएमा प्रथमत यसलाई वेवास्ता गर्नुहोस् । तर यदि उसमा सुधार नआएमा चेतावनी दिनुहोस् ।

४. हठमा परिवर्तन गर्नुहोस्
यदि बच्चाले कुनै कुरामा जिद्दि गरिरहेको छ भने त्यसको सट्टामा अर्काे कुनै वस्तुमा भुलाउने प्रयाश गर्नुहोस् । मानौ तपाईको बच्चाले नयाँ खेलौना मागिरहेको छ भने उसलाई पुरानो खेलौना दिएर भुलाउनुहोस् । यो नियम हरेक उमेरको बच्चामा लागु हुने गर्दछ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  १० : १२ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ