बच्चाको जिद्दीपन यसरी सुधार गर्नुहोस् | Khabarhub Khabarhub

बच्चाको जिद्दीपन यसरी सुधार गर्नुहोस्


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अभिभावकहरूले आफ्नो सन्तानको खुसीका लागी कैयौं प्रकारका सानाठुला त्यागहरू गरिरहेकै हुन्छन् ।

आफ्नो सन्तानलाई खुसी राख्न उनीहरूका हरेक हठलाई पुरा गर्दछन् । तर अभिभावकको यहि त्यागलाई बच्चाहरू जिद्दी हुन पुग्दछन् ।

कालान्तरमा उनीहरूको जिद्दी एक स्वभाव बनिदिन्छ र यीनै बच्चाहरू अभिभावकको नियन्त्रणमा आउदैनन् । तसर्थ बच्चाको हठलाई सुधार्ने केहि उपायका बारेमा चर्चा गर्नेछौ ।

१. कराउने/पिट्ने गर्नु हुदैन

कैयौं पटक अभिभावकहरू सन्तानको हठलाई पुरा गर्न नचाहे वा नसके उनीहरूलाई कराउने र पिट्ने गर्दछन् । तर कराउँदा वा पिट्दा उनीहरूको हठ केहिबेर शान्त त होला तर यो सुधारमा भने आउदैन ।

साथै यसले बालबालिकको मानसिकतामा असर समेत पार्दछ । र कतिपय अवस्थामा डिप्रेशन समेत हुनसक्छ । जसले गर्दा उनीहरूको मनोबल गिर्ने गर्दछ । र कुनै पनि काम गर्नु पुर्व उनीहरू डराउने गर्दछन् । तसर्थ बालबालिकाको हठ पुरा गर्न नचाहादाँँ उनीहरूलाई कराउनुको सट्टा सम्झाउन तर्फ लाग्नुहोस् ।

२. हठलाई पुरा नगर्नुहोस्
यदि तपाईको बच्चा कुनै हठ गर्छ भने त्यसलाई तत्काल पुरा नगर्नुहोस् । मानौ खाना खाए लगत्तै बच्चाले चकलेट वा कुनै सामाग्री मागेमा उसको डिमाण्ड तर्फ ध्यान नदिनुहोस् ।

यसो गरेमा बच्चाले बिस्तारै बिस्तारै आफ्नो माग भुलेर जान्छ र सामान्य व्यवहार गर्दछ ।

३. तपाईको सुझाव वा रिसलाई ठट्टा बनाएमा
कतिपय बच्चाहरू नकराउने वा नपिट्ने अभिभावकको रिस वा सुझावलाई ठट्टामा लिने गर्दछन् । यदि यस्तो भएम वा तपाईलाई बच्चाले धेरै दुखः दिएमा प्रथमत यसलाई वेवास्ता गर्नुहोस् । तर यदि उसमा सुधार नआएमा चेतावनी दिनुहोस् ।

४. हठमा परिवर्तन गर्नुहोस्
यदि बच्चाले कुनै कुरामा जिद्दि गरिरहेको छ भने त्यसको सट्टामा अर्काे कुनै वस्तुमा भुलाउने प्रयाश गर्नुहोस् । मानौ तपाईको बच्चाले नयाँ खेलौना मागिरहेको छ भने उसलाई पुरानो खेलौना दिएर भुलाउनुहोस् । यो नियम हरेक उमेरको बच्चामा लागु हुने गर्दछ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  १० : १२ बजे

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र

प्रहरी प्रभाग लुटपाट गर्ने साउद पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट

टिचिङ अस्पतालमा टिकट पाउनै सास्ती, अस्पताल भन्छ– मन्दिरमा घण्टौँ लाइन बस्ने यहाँ झिँजो मान्छन् 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) देशकै ठूलो र

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

काठमाडौं– पहिलो संविधानसभाका चार सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत

विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा