कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ९६७ पुग्यो « Khabarhub

कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ९६७ पुग्यो


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्तिमार्फत कर्णाली प्रदेशमा आज थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

सुर्खेत अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरेको परीक्षणमा ५० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नयाँ थपिएका संक्रमितमध्ये ३७ जना दैलेख र १५ जना सुर्खेत का हुन् । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ९६७ पुगेको छ ।

अहिलेसम्म कर्णाली प्रदेशका ९३ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ३ जनाले ज्यान गुमाएका छन्।

No photo description available.

त्यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  संक्रमित ३ जना बर्दिया र ३ जना बाँकेका छन् । त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पेटको उपचार गर्न आएका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

No photo description available.

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  २ : १४ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको