कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ९६७ पुग्यो « Khabarhub

कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ९६७ पुग्यो


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्तिमार्फत कर्णाली प्रदेशमा आज थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

सुर्खेत अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरेको परीक्षणमा ५० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नयाँ थपिएका संक्रमितमध्ये ३७ जना दैलेख र १५ जना सुर्खेत का हुन् । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ९६७ पुगेको छ ।

अहिलेसम्म कर्णाली प्रदेशका ९३ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ३ जनाले ज्यान गुमाएका छन्।

No photo description available.

त्यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  संक्रमित ३ जना बर्दिया र ३ जना बाँकेका छन् । त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पेटको उपचार गर्न आएका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

No photo description available.

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  २ : १४ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका