आजलाई बोलाइएको नेकपा सचिवालय बैठक स्थगित « Khabarhub

आजलाई बोलाइएको नेकपा सचिवालय बैठक स्थगित


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आजलाई बोलाइएको नेकपा सचिवालयको बैठक आकस्मिक रुपमा स्थगित भएको छ ।

आज बेलुका ४ बजेका लागि बोलाइएको सचिवालय बैठकमा एमसीसीका बारेमा छलफल गर्ने कार्यसुची राखिएको थियो । तर आकस्मिक रुपमा बैठक स्थगित भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।

खबरहबसँग कुरा गर्दै महासचिव पौडेलले भने,‘नेताहरुको कार्यव्यवस्थाका कारण आजका लागि बोलाइएको बैठक स्थगित भएको हो । अर्को बैठक छिट्टै बस्छ ।’

आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा.युवराज खतिवडालाई पनि बोलाइएको थियो ।

एमसीसीलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरहरूले राष्ट्र हितका पक्षमा भएकाले संसदबाट अनुमोदन गर्नु पर्ने बताउँदै आएका छन् भने उनी इतरका समुहले राष्ट्रहितमा नरहेको भन्दै संसोधनपछि मात्रै एमसीसीलाई अघि बढाउन सकिने जनाएका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ३ : ४७ बजे

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार

काठमाडौं- नेपालको प्रविधि कम्पनी टिङटिङले श्रीलङ्कामा आफ्नो सेवा विस्तार गरेको

चार महिनामा ८३ हजारभन्दा बढी विदेशी पर्यटक पुगे मुस्ताङ

मुस्ताङ– सन् २०२६ को सुरुवाती चार महिनामा ८३ हजार १४९

स्वास्थ्य मन्त्रालयका एक सय ९३ पदाधिकारी पदमुक्त

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत एक सय ९३ पदाधिकारी पदमुक्त

इरानले विश्वकप खेल्छ : फिफा अध्यक्ष इन्फान्टिनो

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले इरानको फुटबल महासङ्घलाई