धान रोपाइँको सिजनमा किसानले मल पाएनन्, आर्थिक चलखेल भयो : नेता साह | Khabarhub Khabarhub

धान रोपाइँको सिजनमा किसानले मल पाएनन्, आर्थिक चलखेल भयो : नेता साह


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका सांसद प्रभु साहले किसानलाई दिनुपर्ने मलमा आर्थिक चलखेल गरेर व्यापारीलाई दिइएको आरोप लगाएका छन् ।

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेका सांसद साहले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै बजारमा मल अभाव भएको बेला सहुलियत अनुदानमा किसानलाई सरकारले दिनुपर्ने मल व्यापारिक पसलमा पठाइएको बताएका हुन् ।

उनले पहुँच, लेनदेन र कमिसनको बलमा बिचौलियाले जिम्मेवार निकाय कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङबाट मल लिएको भन्दै रुलिङ गर्न सभामुखलाई आग्रह गरे ।

“अहिले धान रोपाइँको सिजनमा किसानहरुले मल पाइरहेको छैनन् । मलको पुरै अभाव छ, ७ सय रुपैयाँमा प्रतिबोरा पाइने युरिया मल हजार रुपैयाँमा समेत मुस्किलले पाइराखेको छ, २१ सयमा पाइने डीएपी मल अहिले प्रतिबोरा ३ हजारमा मुस्किलले पाइराखेको छ । सहकारी डीपोमा पाउने भनिएको मल पसल पसलमा छ ।” उनले भने, “हामी जान्न चाहन्छौं, सरकारी संयन्त्रमार्फत हुने यो विक्री वितरणको कार्य कसरी पसलमा पुग्यो ?”

मन्त्रीको ध्यानाकर्षण गराउदै उनले थपे, “कृषि सामाग्री कम्पनी र सालट ट्रेडिङ जो नेपाल सरकारको स्वामित्वमा छन्, उसले जिम्मा लिएको यो कार्यमा पूरै अनियमितता र कालोबजारी भएको छ ।  कृषियोग्य जग्गाको क्षेत्रफलको आधारमा प्रदेशहरु र स्थानीय तहहरुलाई बाड्नुपर्ने मल सेटिङ, भनसुन र कमिसनको आधारमा सहकारी र किसानको हातमा जानुको सट्टा व्यापारीको हातमा पुगेको छ ।”

सरकारको अर्बौ लगानी भएको अनुदान रकमको दुरुपयोग भएको भन्दै उनले सभामुखलाई रुलिङ गर्न आग्रह गरे ।

बैठकमा सांसद साहले स्थानीय तहमा अनावश्यक सरुवा गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले अस्थिरता मच्चाउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ६ : १४ बजे

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार