धान रोपाइँको सिजनमा किसानले मल पाएनन्, आर्थिक चलखेल भयो : नेता साह « Khabarhub

धान रोपाइँको सिजनमा किसानले मल पाएनन्, आर्थिक चलखेल भयो : नेता साह


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका सांसद प्रभु साहले किसानलाई दिनुपर्ने मलमा आर्थिक चलखेल गरेर व्यापारीलाई दिइएको आरोप लगाएका छन् ।

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेका सांसद साहले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै बजारमा मल अभाव भएको बेला सहुलियत अनुदानमा किसानलाई सरकारले दिनुपर्ने मल व्यापारिक पसलमा पठाइएको बताएका हुन् ।

उनले पहुँच, लेनदेन र कमिसनको बलमा बिचौलियाले जिम्मेवार निकाय कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङबाट मल लिएको भन्दै रुलिङ गर्न सभामुखलाई आग्रह गरे ।

“अहिले धान रोपाइँको सिजनमा किसानहरुले मल पाइरहेको छैनन् । मलको पुरै अभाव छ, ७ सय रुपैयाँमा प्रतिबोरा पाइने युरिया मल हजार रुपैयाँमा समेत मुस्किलले पाइराखेको छ, २१ सयमा पाइने डीएपी मल अहिले प्रतिबोरा ३ हजारमा मुस्किलले पाइराखेको छ । सहकारी डीपोमा पाउने भनिएको मल पसल पसलमा छ ।” उनले भने, “हामी जान्न चाहन्छौं, सरकारी संयन्त्रमार्फत हुने यो विक्री वितरणको कार्य कसरी पसलमा पुग्यो ?”

मन्त्रीको ध्यानाकर्षण गराउदै उनले थपे, “कृषि सामाग्री कम्पनी र सालट ट्रेडिङ जो नेपाल सरकारको स्वामित्वमा छन्, उसले जिम्मा लिएको यो कार्यमा पूरै अनियमितता र कालोबजारी भएको छ ।  कृषियोग्य जग्गाको क्षेत्रफलको आधारमा प्रदेशहरु र स्थानीय तहहरुलाई बाड्नुपर्ने मल सेटिङ, भनसुन र कमिसनको आधारमा सहकारी र किसानको हातमा जानुको सट्टा व्यापारीको हातमा पुगेको छ ।”

सरकारको अर्बौ लगानी भएको अनुदान रकमको दुरुपयोग भएको भन्दै उनले सभामुखलाई रुलिङ गर्न आग्रह गरे ।

बैठकमा सांसद साहले स्थानीय तहमा अनावश्यक सरुवा गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले अस्थिरता मच्चाउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ६ : १४ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल