अब निजी प्रयोगशालाले पनि कोरोनाको पीसीआर परीक्षण गर्न पाउने « Khabarhub

अब निजी प्रयोगशालाले पनि कोरोनाको पीसीआर परीक्षण गर्न पाउने


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले निजी प्रयोगशालालाई पनि कोरोनाको पीसीआर परीक्षणका लागि स्वीकृति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेका निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्न पाउने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले संकलन गरेको नमूना मात्रै निजीले परीक्षण गर्ने बताउँदै यसका लागि लाग्ने खर्च मन्त्रालयले व्यवस्था गर्ने बताएका हुन्।

यसैगरी मन्त्रालयले  विदेश जानुपर्ने र भिषा प्रक्रियाका लागि निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने व्यक्तिहरूका लागि काठमाडौंका तीन वटा अस्पतालमा कोरोना परीक्षणको व्यवस्था गरेको छ ।

प्रवक्ता गौतमले नियमित लाइभ अपडेट मार्फत विदेश जानुपर्ने व्यक्तिहरुका लागि काठमाडौंका तीनवटा अस्पतालहरुमा कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा विदेश जानुपर्ने व्यक्तिहरुका लागि परीक्षणको व्यवस्था गरिएको हो ।

प्रवक्ता डाक्टर गौतमले यात्रामा निस्कने सबै व्यक्तिमा कोरोना परीक्षण गर्नु नपर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ७ : १३ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल