अब निजी प्रयोगशालाले पनि कोरोनाको पीसीआर परीक्षण गर्न पाउने « Khabarhub

अब निजी प्रयोगशालाले पनि कोरोनाको पीसीआर परीक्षण गर्न पाउने


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले निजी प्रयोगशालालाई पनि कोरोनाको पीसीआर परीक्षणका लागि स्वीकृति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेका निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्न पाउने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले संकलन गरेको नमूना मात्रै निजीले परीक्षण गर्ने बताउँदै यसका लागि लाग्ने खर्च मन्त्रालयले व्यवस्था गर्ने बताएका हुन्।

यसैगरी मन्त्रालयले  विदेश जानुपर्ने र भिषा प्रक्रियाका लागि निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने व्यक्तिहरूका लागि काठमाडौंका तीन वटा अस्पतालमा कोरोना परीक्षणको व्यवस्था गरेको छ ।

प्रवक्ता गौतमले नियमित लाइभ अपडेट मार्फत विदेश जानुपर्ने व्यक्तिहरुका लागि काठमाडौंका तीनवटा अस्पतालहरुमा कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा विदेश जानुपर्ने व्यक्तिहरुका लागि परीक्षणको व्यवस्था गरिएको हो ।

प्रवक्ता डाक्टर गौतमले यात्रामा निस्कने सबै व्यक्तिमा कोरोना परीक्षण गर्नु नपर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ७ : १३ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग