केही देश खराब बाटोमा गए, कोरोनाले अझ भयावह अवस्था ल्याउन सक्छ : डब्ल्युएचओ « Khabarhub

केही देश खराब बाटोमा गए, कोरोनाले अझ भयावह अवस्था ल्याउन सक्छ : डब्ल्युएचओ


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रभावकारी ठानिएका उपायहरू अबलम्बनमा समान रणनीति नपनाउँदा अवस्था भयावह हुने खतरा बढेको डब्ल्युएचओले चेतावनी दिएको छ ।

स्वीट्जरल्याण्डको जेनेभमा सोमबार भएको पत्रकार सम्मेलनमा डब्ल्युएओका महानिर्देशक डा. टेडरोजले नेताहरुले समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्न भएको बताए ।

नेताहरुबाट आउने फरक खालका सन्देश वा भनाईले महामारी नियन्त्रणमा लिने प्रयासमा सर्वसाधारणको विश्वास टुटेको उनले भनाइ छ ।

‘कोरोना भाइरस अझै पनि मानिसको सबैभन्दा ठूलो शत्रु हो । तर धेरै देश तथा नेता एवम् व्यक्तिहरुका कार्य त्यससँग मेल खाने खालका छैनन्,’ उनले भने ।

भौतिक दूरी, हात धुने तथा मास्क लगाउनेसहितका उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने उनले बताए ।

‘अझै पनि विश्व पुरानै सामान्य अवस्थामा फर्किने सम्भावना देखिदैन,’ उनले चेतावनी दिँदै भनेका छन्, ‘यदी आधारभूत नियमहरु मानिएन भने यो महामारी निरन्तर रहने छ र थप खराब र भयानक हुनेछ ।’

संक्रमण रोक्न वा नियन्त्रणमा लिन प्रभावकारी हुने भनेर प्रमाणित भएका उपायहरु बेवास्ता गरिएका देशहरुमा संक्रमण तीव्र गतिमा बढिरहेको उनको भनाइ छ ।

विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अति तीव्र गतिमा संक्रमण बढिरहेको छ । स्वास्थ्य विज्ञ र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तनाव बढ्दै जाँदा संक्रमण पनि त्यहाँ बढ्दै गएको छ । ट्रम्पले कोरोना भाइरसका केसहरु बेकारमा खडा गरिएको आरोप लगाउन थालेका छन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : ५४ बजे

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

विश्वकप लिग-२ : ओमानविरुद्धको खेलका लागि क्यानले टिकट दर घटायो, अब २०० मात्रै

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा

मन्त्रिपरिषद् बैठक बस्दै : के छ कार्यसूची

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

कैलाली – कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’ मा रहेको

सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको प्रश्न : घर नै छैन, स्कूल कसरी जाऊँ ?

काठमाडौँ – सरकारको निर्णयअनुसार शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट