सुन्दर यातायातले आजदेखि बस सञ्चालन गर्दै « Khabarhub

सुन्दर यातायातले आजदेखि बस सञ्चालन गर्दै


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुन्दर यातायातले आजदेखि काठमाडौँ उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ ।

नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको प्रालिले सरकारले थप ५० प्रतिशत भाडा लिन पाउने निर्णय गरे पनि सुन्दर यातायातले पुरानै भाडामा सेवा दिन लागेको जनाएको छ ।

यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने प्रालिले जनाएको छ।

चालक र सहचालकलाई पञ्जा, स्यानिटाइजर, पीपीई, बुट र मास्कको व्यवस्था गरी बस सेवा सञ्चालन गर्ने पनि योजना छ।

मयूर, उपत्यका यातायातलगायतका केही कम्पनीले भने सोमबारदेखि नै बस सञ्चालन थालिसकेका छन्।

गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबारदेखि काठमाडौँ उपत्यकामा र अरू जिल्लामा जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको थियो।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : १७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको