अध्ययनको निष्कर्ष : करिब ९७ लाख बालबालिकाले विद्यालय छोड्न सक्ने « Khabarhub

अध्ययनको निष्कर्ष : करिब ९७ लाख बालबालिकाले विद्यालय छोड्न सक्ने


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरस महामारीले गर्दा विद्यालय बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुस्किल रहेको एक अध्ययनले देखाएको छ।सेभ द चिल्ड्रेनले यस अवस्थालाई ‘अभूतपूर्व शैक्षिक आपत्काल’को संज्ञा दिएको छ ।

बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्यांक विश्लेषण गर्दै गत अप्रिलमा विद्यालय र विश्वविद्यालय बन्द रहेका कारण विश्वभरका एक अर्ब ६० करोड बालबालिका विद्यालय शिक्षाबाट वञ्चित रहेका जनाएको छ।यो संख्या विश्वको कुल विद्यार्थी संख्याको करिब ९० प्रतिशत हो ।

सेभ द चिल्ड्रेनको प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो मानव इतिहासमा विश्वभरका यति ठूलो संख्यामा बालबालिका पहिलो पटक विद्यालय शिक्षाबाट वञ्चित रहेका छन् ।’

अनुमानअनुसार कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटले करिब नौ करोडदेखि ११ करोड ७० लाख बालबालिका गरिबीको चक्रमा फस्नेछन्।यसको असर बालबालिकाको पुनः विद्यालय भर्नामा पर्नेछ ।

पारिवारिक समस्याले गर्दा धेरै बालबालिका काममा लाग्ने वा बालिकाको चाँडो विवाह हुन सक्ने भन्दै प्रतिवेदनमा यही कारण ७० लाखदेखि ९७ लाख बालबालिकाले स्थायी रूपमै विद्यालय छाड्ने देखिन्छ।यस्तै यही संकटका कारण सन् २०२१ को अन्त्यसम्ममा न्यून वा मध्यम आय भएका मुलुकमा शिक्षाको बजेटमा करिब ७७ अर्ब डलरले कमी हुनेछ ।

सेभ द चिल्ड्रेनका कार्यकारी प्रमुख इन्गर आसिङले कोरोना महामारीका कारण करिब एक करोड बालबालिकाले स्कुल छाड्ने देखिएको बताए।उनले सरकार तथा दातृ निकायहरूले तत्कालै शिक्षामा लगानी बढाउनुको विकल्प नरहेको स्पष्ट पारे ।

प्रतिवेदनमा विश्वका १२ वटा मुलुकमा सर्वाधिक असर पर्ने उल्लेख छ।ती देशहरूमा नाइजर, माली, चाड, लाइबेरिया, अफगानिस्तान, गिनी, मौरिटानिया, येमन, नाइजेरिया, पाकिस्तान, सेनेगल र आइभरी कोस्ट छन् ।एएफपी

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ११ : ०१ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त