बेलायतमा पसल जानु अघि अनिवार्य रुपमा अनुहार छोप्नुपर्ने | Khabarhub Khabarhub

बेलायतमा पसल जानु अघि अनिवार्य रुपमा अनुहार छोप्नुपर्ने


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नागरिकलाई पसल जानु अगाडी अनुहार छोप्नु पर्ने उल्लेख गर्दै जुलाई २४ सम्म यसलाई अनिवार्य गर्ने बताएका छन् ।

बेलायतमा जुन १ देखि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको थियो । अनुहार छोप्नुले वरिपरीका ब्यक्तीहरुलाई महामारीबाट बच्न मद्दत गने प्रमाण रहेको डाउनिंग स्ट्रिटका प्रवक्ताले बताए ।

यसैबीच अमेरिकाको क्यालिफोर्निया राज्यमा रेस्टुरेन्ट, बार र थिएटर पुन बन्द गरिएको छ । अमेरिकामा कोरोना संक्रमण संख्यामा अत्यधिक बृद्धी जारी रहेकोले उक्त कदम चालिएको हो ।

अमेरिकाको सबैभन्दा धेरै आवादी भएको यस राज्यमा अहिलेसम्म करिब ८ हजारको मृत्यु भइसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ३४ लाख ४१ हजार संक्रमित भइसकेका छन् भने १ लाख ३७ हजार ९ सय ४७ को मृत्यु भइसकेको छ ।

यसैबीच अमेरिकामा कोरोना खोपको उत्पादन यसै बर्ष अगस्टको सुरुवाटसम्ममा शुरु गर्न सकिने सीएनएनले जनाएको छ । अमेरिकी प्रशासनले मे मा स्वास्थ्य तथा रक्षा विभागसँग मिलेर खोपको उत्पादनका लागि काम थालेको थियो । यसको उद्देश्य सन् २०२१ जनवरी सम्ममा ३० करोड डोज तयार गर्नु हो ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ११ : ४७ बजे

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।