बेलायतमा पसल जानु अघि अनिवार्य रुपमा अनुहार छोप्नुपर्ने « Khabarhub

बेलायतमा पसल जानु अघि अनिवार्य रुपमा अनुहार छोप्नुपर्ने


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नागरिकलाई पसल जानु अगाडी अनुहार छोप्नु पर्ने उल्लेख गर्दै जुलाई २४ सम्म यसलाई अनिवार्य गर्ने बताएका छन् ।

बेलायतमा जुन १ देखि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको थियो । अनुहार छोप्नुले वरिपरीका ब्यक्तीहरुलाई महामारीबाट बच्न मद्दत गने प्रमाण रहेको डाउनिंग स्ट्रिटका प्रवक्ताले बताए ।

यसैबीच अमेरिकाको क्यालिफोर्निया राज्यमा रेस्टुरेन्ट, बार र थिएटर पुन बन्द गरिएको छ । अमेरिकामा कोरोना संक्रमण संख्यामा अत्यधिक बृद्धी जारी रहेकोले उक्त कदम चालिएको हो ।

अमेरिकाको सबैभन्दा धेरै आवादी भएको यस राज्यमा अहिलेसम्म करिब ८ हजारको मृत्यु भइसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ३४ लाख ४१ हजार संक्रमित भइसकेका छन् भने १ लाख ३७ हजार ९ सय ४७ को मृत्यु भइसकेको छ ।

यसैबीच अमेरिकामा कोरोना खोपको उत्पादन यसै बर्ष अगस्टको सुरुवाटसम्ममा शुरु गर्न सकिने सीएनएनले जनाएको छ । अमेरिकी प्रशासनले मे मा स्वास्थ्य तथा रक्षा विभागसँग मिलेर खोपको उत्पादनका लागि काम थालेको थियो । यसको उद्देश्य सन् २०२१ जनवरी सम्ममा ३० करोड डोज तयार गर्नु हो ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ११ : ४७ बजे

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको

साइमेक्स इंकले छल्न सकेन भन्सार राजस्व, अदालतले अन्तरिम आदेश नदिएपछि बुझायो रकम

काठमाडौं– चिनियाँ कम्पनी बिवाइडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनी

कुसुमले दीपक खड्कालाई भनिन् : अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको