६ दिनपछि वार्तामा जुटे ओली- प्रचण्ड « Khabarhub

६ दिनपछि वार्तामा जुटे ओली- प्रचण्ड


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पार्टी भित्रको विवाद समाधान गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड वार्तामा जुटेका छन् ।

६ दिनसम्मको सम्वादहिनतालाई अन्त्य गर्दै अध्यक्षद्वय वार्तामा जुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

६ दिनपछिको वार्तालाई नेकपा भित्र अर्थपूर्ण रुपमा लिइएको छ ।

यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार ओली र दाहालबीच भेटवार्ता भएको थियो । तर, निकास ननिस्किएपछि नेकपाको स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।

पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा छ ।

यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष दाहाल र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन् ।

पछिल्लो पटक दुवै अध्यक्षले हतार नगरी सहमति जुटाउने सार्वजजिनक अभिव्यक्ति दिएका छन् । तर, एक अर्काप्रतिका आंशका भने उस्तै छन् ।

केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद नछाड्ने र अर्का अध्यक्ष प्रचण्डले ओलीले दुबै पद छाड्नु पर्ने अडान राखेका कारण हालसम्मकै संवाद निष्कर्षतिर अगाडि बढ्न सकेको छैन ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १ : ३१ बजे

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम