अयोध्याबारे ओलीको अभिव्यक्तिले कूटनीतिक सम्बन्ध खलबल्याउन सक्छ : नेता कोइराला « Khabarhub

अयोध्याबारे ओलीको अभिव्यक्तिले कूटनीतिक सम्बन्ध खलबल्याउन सक्छ : नेता कोइराला


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले श्रीरामको जन्मस्थान सम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले भारतसँगको कूटनीतिक सम्बन्ध खलबल्याउन सक्ने बताएका छन् ।

ओलीले मंगलबार भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएपछि सामाजिक सञ्जालमार्फत कोइरालाले  ओलीको उक्त अभिव्यक्तिपछि दुई देशका जनताको धार्मिक र सांस्कृतिक सम्बन्ध पनि बिगार्ने काम भएको बताएका छन् ।

‘प्रधानमन्त्रीले अयोध्याको बारेमा अप्रमाणित, विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कूटनीति खल्बल्याउने मात्रै नभई नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेका छन्’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् ।

धर्म र आस्थालाई राजनीति तथा कूटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु कदापी सह्य नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १ : ५७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु