प्रधानमन्त्रीको ‘अयोध्या अभिव्यक्ति’ कुर्ची जोगाउने अस्त्र : नेता थापा « Khabarhub

प्रधानमन्त्रीको ‘अयोध्या अभिव्यक्ति’ कुर्ची जोगाउने अस्त्र : नेता थापा


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीकाे पछिल्लाे अभिव्यक्ति कुर्ची जाेगाउन याेजनावद्ध ढङ्गले उठाएको अस्त्र भएकाे बताएका छन् ।

धेरैले प्रधानमन्त्रीकाे अभिव्यक्तिलाइ उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेग भनेपनि याे सुनियाेजित रहेकाे नेता थापाले आरोप लगाएका छन् ।

अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले”जे पनि बोल्ने”प्रमको पुरानै प्रवृत्ति हो भनेपनि याे उनकाे कुर्ची जाेगाउने राजनीतिक अस्त्र भएकाे उनकाे भनाइ छ ।

नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- ‘प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले”जे पनि बोल्ने”प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाए । मेरो विचारमा- यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो।’

उनले लेखेका छन्- प्रमलाई राम्रोसँग थाहा छ; यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ। त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई ‘कथित राष्ट्रवादी’बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो।

यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पारेको उनले बताएका छन् ।

‘आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने, प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ ‘, उनले लेखेकाछन्,’यसलाई हल्का रुपमा नलिऔं। यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं।’

उनले लेखेका छन्, ‘प्रधानमन्त्रीले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो। प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो । कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र ! नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनोस् ,अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस् ।’

साेमबार बालुवाटारमा भएकाे भानु जयन्तीको कार्यक्रममा प्रधानमन्त्री ओलीले रामकाे जन्मस्थल नेपालमै भएको र अयोध्या पनि वीरगञ्जको ठोरीमा भएको अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको व्यंग्यात्मक आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ९ : २७ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक