प्रधानमन्त्रीको 'अयोध्या अभिव्यक्ति' कुर्ची जोगाउने अस्त्र : नेता थापा | Khabarhub Khabarhub

प्रधानमन्त्रीको ‘अयोध्या अभिव्यक्ति’ कुर्ची जोगाउने अस्त्र : नेता थापा


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीकाे पछिल्लाे अभिव्यक्ति कुर्ची जाेगाउन याेजनावद्ध ढङ्गले उठाएको अस्त्र भएकाे बताएका छन् ।

धेरैले प्रधानमन्त्रीकाे अभिव्यक्तिलाइ उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेग भनेपनि याे सुनियाेजित रहेकाे नेता थापाले आरोप लगाएका छन् ।

अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले”जे पनि बोल्ने”प्रमको पुरानै प्रवृत्ति हो भनेपनि याे उनकाे कुर्ची जाेगाउने राजनीतिक अस्त्र भएकाे उनकाे भनाइ छ ।

नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- ‘प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले”जे पनि बोल्ने”प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाए । मेरो विचारमा- यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो।’

उनले लेखेका छन्- प्रमलाई राम्रोसँग थाहा छ; यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ। त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई ‘कथित राष्ट्रवादी’बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो।

यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पारेको उनले बताएका छन् ।

‘आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने, प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ ‘, उनले लेखेकाछन्,’यसलाई हल्का रुपमा नलिऔं। यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं।’

उनले लेखेका छन्, ‘प्रधानमन्त्रीले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो। प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो । कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र ! नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनोस् ,अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस् ।’

साेमबार बालुवाटारमा भएकाे भानु जयन्तीको कार्यक्रममा प्रधानमन्त्री ओलीले रामकाे जन्मस्थल नेपालमै भएको र अयोध्या पनि वीरगञ्जको ठोरीमा भएको अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको व्यंग्यात्मक आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ९ : २७ बजे

माओवादी बैठकमा तीन नेताको प्रस्तावबारे छलफल हुँदै, समूहको सुझाव सुनेपछि प्रचण्डले जवाफ दिने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौँ

‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’

ढोरपाटन– निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री

‘राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खुल्छन्’

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको म्यान्डेट नै सुशासन

दशैँअघि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी

चितवन– चितवन राष्ट्रिय निकुञ्जले दशैँअघि निकुञ्जमा जिप सफारी सुरु गर्ने

१८ वर्षदेखि पाकिस्तानलाई फाइनलमा हराउन नसकेको भारत

यूएई- पाकिस्तानले एशिया कप २०२५ मा बंगलादेशलाई हराउँदै फाइनलमा स्थान