काठमाडौंमा सुनका गरगहना ठग्ने यी सुन्दरीको यस्तो धन्दा « Khabarhub

काठमाडौंमा सुनका गरगहना ठग्ने यी सुन्दरीको यस्तो धन्दा


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकको चेक दिएर सुनका गरगहना ठग्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

२९ वर्षीया शारदा मगरलाई महानगरीय अपराध महाशाखा टोलीले बुधबार पक्राउ गरेको हो । सुनका गरगहना किनेबाफत दिएको  चेक बैंकमा साट्न जाँदा खातामा पैसा नभएको पाइएपछि उनको ठगी धन्दा बाहिरिएको हो।

उनलाई काठमाडौं नयाँ बानेश्वरका रन्जित श्रेष्ठको सुन पसलबाट करिब साढे चार लाख रुपैयाँ बराबरका सुनका गहना ठगी गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो।

महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार शारदाले झुक्याएर गहना ठगेकोमा उजुरी परेको थियो । उनका अनुसार शारदाको स्थायी घर झापाको शान्तिनगर–६ हो।

श्रेष्ठको पसलबाट शारदाले डेढ तोलाको सुनको सिक्री १ थान, सुनको लकेट १ थान, सुनको ब्रासलेट १ थान, हीराको औठी १ थान र सुनको औंठी १ थान झुक्याएर लगेपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।

‘उनको व्यक्तित्व हेर्दा ठगको मास्टरमाइन्ड होलिन् भनेर कल्पनासमेत गर्न सकिँदैन’, एसपी कार्कीले भने, ‘उनको विश्वासमा परेर चेक बुझेर बैंक जाँदा खातामा पैसा नहुने उजुरीमा उल्लेख छ।’

शारदाले राजधानीका न्युरोड, कालिमाटी लगायतका क्षेत्रमा थुप्रैलाई ठगी गरेको मौखिक जानकारी आएको कार्कीले बताए। उनले ठगीमा परेकालाई महाशाखाको सम्पर्कमा आउन पनि अनुरोध गरेका छन्।

शारदा यसअघि पनि चेक बाउन्समा बैंकिङ कसुरमा पक्राउ परेर छुटेको कार्कीले बताए। उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु बुझाइएको छ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : २५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल