काठमाडौंमा सुनका गरगहना ठग्ने यी सुन्दरीको यस्तो धन्दा « Khabarhub

काठमाडौंमा सुनका गरगहना ठग्ने यी सुन्दरीको यस्तो धन्दा


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकको चेक दिएर सुनका गरगहना ठग्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

२९ वर्षीया शारदा मगरलाई महानगरीय अपराध महाशाखा टोलीले बुधबार पक्राउ गरेको हो । सुनका गरगहना किनेबाफत दिएको  चेक बैंकमा साट्न जाँदा खातामा पैसा नभएको पाइएपछि उनको ठगी धन्दा बाहिरिएको हो।

उनलाई काठमाडौं नयाँ बानेश्वरका रन्जित श्रेष्ठको सुन पसलबाट करिब साढे चार लाख रुपैयाँ बराबरका सुनका गहना ठगी गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो।

महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार शारदाले झुक्याएर गहना ठगेकोमा उजुरी परेको थियो । उनका अनुसार शारदाको स्थायी घर झापाको शान्तिनगर–६ हो।

श्रेष्ठको पसलबाट शारदाले डेढ तोलाको सुनको सिक्री १ थान, सुनको लकेट १ थान, सुनको ब्रासलेट १ थान, हीराको औठी १ थान र सुनको औंठी १ थान झुक्याएर लगेपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।

‘उनको व्यक्तित्व हेर्दा ठगको मास्टरमाइन्ड होलिन् भनेर कल्पनासमेत गर्न सकिँदैन’, एसपी कार्कीले भने, ‘उनको विश्वासमा परेर चेक बुझेर बैंक जाँदा खातामा पैसा नहुने उजुरीमा उल्लेख छ।’

शारदाले राजधानीका न्युरोड, कालिमाटी लगायतका क्षेत्रमा थुप्रैलाई ठगी गरेको मौखिक जानकारी आएको कार्कीले बताए। उनले ठगीमा परेकालाई महाशाखाको सम्पर्कमा आउन पनि अनुरोध गरेका छन्।

शारदा यसअघि पनि चेक बाउन्समा बैंकिङ कसुरमा पक्राउ परेर छुटेको कार्कीले बताए। उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु बुझाइएको छ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : २५ बजे

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित

फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने रघुनाथको घोषणा

काठमाडौं – रङ्ग पत्रकारसमेत रहेका रघुनाथ सापकोटाले दुई फिल्म निर्माणको

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

रामेछाप– रामेछापका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन्

इलामबाट नेम्वाङ र कागते एमालेका उम्मेदवार

मङ्गलबारे– प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन

बाजुरामा आगलागी हुँदा एउटा घर नष्ट

बाजुरा– जिल्लाको गौमुल गाउँपालिकामा आज बिहान ६ बजे एक घरमा आगलागी