ओमनबाट १७५ नेपाली स्वदेश फर्किए, विमानस्थल पुगेर राजदूत पराजुलीले गरिन् बिदाइ « Khabarhub

ओमनबाट १७५ नेपाली स्वदेश फर्किए, विमानस्थल पुगेर राजदूत पराजुलीले गरिन् बिदाइ



दोहा – कोरोनाका कारण ओमनमा समस्यामा परेका थप १७५ नेपाली स्वदेश फर्किएका छन् । दूतावासको प्राथामिकतामा परेका उनीहरु सलाम एयरको ओभी ४२७ चौथो चार्टर उडानमार्फत स्वदेश फर्किएका हुन् ।

सो उडानमा १३७ पुरूष र ३८ महिला छन् । यसअघि सलाम एयरकै तीन वटा उडानमार्फत ४९० जना नेपाली स्वदेश फर्किसकेका ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

स्वदेश फर्किने नेपालीहरुलाई बिदाइ गर्न ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल लगायत अन्य कर्मचारीहरु विमानस्थल पुगेका थिए ।

सो चार्टर उडानका लागि सेवा प्रदायक कम्पनी सलाम एयरले ११५ ओमनी रियल (नेपाली करीब ३६ हजार १ सय) भाडा लिएको थियो।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : ३४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल