पहिरो पीडितलाई तत्काल राहत देउ – अध्यक्ष राणा « Khabarhub

पहिरो पीडितलाई तत्काल राहत देउ – अध्यक्ष राणा


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लामा पहिरोबाट पीडित भएका परिवारलाई उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

‘अविरल बर्षापछि आएको पहिरोको कारण आज शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं २ लीदीमा ठूलो जनधनको क्षति भएकोमा म अत्यन्त दुखित छु,’ राप्रपा अध्यक्ष राणाले शुक्रबार एक सन्देशमा भने ।

‘दुःखको यस घडीमा पहिरोमा परी मृत्यु हुनेहरूको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्घार तथा राहतको लागि सम्बन्धित सम्पूर्णमा हार्दिक आह्वान गर्दछु,’ उनले भने ।

यसैगरी राप्रपा सिन्धुपाल्चोकले पनि शुक्रबार एक विज्ञप्ति जारी गर्दै मृतक र घाइते परिवारको उद्धार गर्न र राहत उपलब्ध गराउन माग गरेको छ । मृत आत्माको चीर शान्तिको कामना गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : २६ बजे

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन