बौद्ध दर्शनलाई विश्वव्यापी बनाइनुपर्छ : मन्त्री भट्टराई « Khabarhub

बौद्ध दर्शनलाई विश्वव्यापी बनाइनुपर्छ : मन्त्री भट्टराई


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धदर्शनलाई विश्वव्यापी बनाउनुपर्ने बताएका छन् ।

मन्त्रालयमा आज आयोजित बौद्धदर्शन तथा गुम्बा विकास समितिको ९७ औँ बैठकमा मन्त्री भट्टराईले बौद्धदर्शनलाईं विश्वव्यापी बनाउँदै मानव जातिलाई एकीकृत गर्नुपर्नेमा जोड दिए ।

मन्त्री भट्टराईले बौद्धदर्शन तथा गुम्बा व्यवस्थापन समितिमा मनोनीत हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै बौद्धदर्शनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा ख्याति कमाउने गरी कार्य गर्नसमेत सबैलाई निर्देशन दिए । उनले देशमा हजारौं ऐतिहासिक गुम्बा रहेको र तिनको तथ्याङ्क एकीकृत गरी जीर्णोद्धार गर्नुपर्ने बताए ।

मन्त्री भट्टराईले भूकम्पबाट क्षति पुगेका गुम्बाको पुनःनिर्माणका लागि पुनःनिर्माण प्राधिकरण तथा पुरातत्व विभागसँग समन्वय गरेर कार्य गर्न अनुरोध गर्दै देशभरि रहेका बुद्धसँग सम्बन्धित काम गर्ने संघसंस्थासँग सहकार्य अघि बढाउन पनि आग्रह गरे । मन्त्री भट्टराईले समितिलाई बौद्धदर्शनसम्बन्धी विश्वस्तरको खोज एवं अनुसन्धान गरी प्रकाशन गर्न आग्रह गरे ।

बैठकले बौद्धदर्शन प्रबद्र्धन तथथा गुम्बा सञ्चालन नियमावली २०७१, निर्देशिका, नियमावली २०७१, आर्थिक प्रशासन नियमावली २०७१ संशोधन तथा कर्मचारी शर्त नियमावली, प्राचीन गुम्बा/विहारको अभिलेखीकरण गर्ने तथाबौद्धदर्शन गोन्पा विकास परिषद् ऐनको विधेयक मस्यौदा बनाएर सम्बन्धित निकायमा पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै अघिल्लो आवको प्रगति तथा चालू आवका वार्षिक कार्यक्रम अनुमोदनसमेत गरिएको गुम्बा विकास समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (जिक्डोल)ले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ११ : १६ बजे

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन