दुर्घटनामा घाइते क्रिकेट खेलाडी भण्डारीको अप्रेसन गरिने « Khabarhub

दुर्घटनामा घाइते क्रिकेट खेलाडी भण्डारीको अप्रेसन गरिने


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुर्घटनामा घाइते भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित भण्डारीको अप्रेसन गरिने भएको छ।

आइतबार बेलुका कञ्चनपुरको झलारीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा घाइते भएका भण्डारीको हात र खुट्टामा चोट देखिएपछि अप्रेसन गर्ने तयारी भएको हो ।

धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रकले भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीसँगै करन ठगुन्नालाई चोट लागेको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका भण्डारीको शुक्लाफाटा क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीकै निसर्ग अस्पतालमा लगिएको थियो ।

धनगढीबाट गएराति नै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका लागि रिफर गरिएका उनको सिटी स्क्यान रिपोर्ट सामान्य आएको आफूले जानकारी पाएको राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले बताए।

पूर्वकप्तान खड्का र भण्डारीबीच गएराति नै फोन संवाद पनि भएको छ । `ललितसँग हिजो राति धनगढीबाट कोहलपुर आउनेक्रममा  कुरा भएको थियो । दुई हात र दाहिने खुट्टाको थाईको हड्डीमा चोट लागेको र त्यसको अप्रेसन गर्नुपर्ने एम्बुलेन्समा सँगै रहेका चिकित्सकले भन्नु भएको थियो,´ खड्काले भने।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ८ : ४६ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा