रूपन्देही, चितवन र सुनसरीमा तीन कोरोना संक्रमितको मृत्यु « Khabarhub

रूपन्देही, चितवन र सुनसरीमा तीन कोरोना संक्रमितको मृत्यु


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रूपन्देही, चितवन र सुनसरीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतक २ महिला र एक पुरूष छन् । रुपन्देहीको बुटबलस्थित कोरोना अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ ।

कपिलवस्तु शिवराज नगरपालिका-५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको  लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनले दिएको जानकारी अनुसार  ती महिला बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएकी थिइन् । उनमा भदौ २१ मा कोरोना पुष्टि भएको थियो । उनको आइसीयुमा उपचार भइरहेको थियो । उनी मिर्गौला रोगबाट पीडित रहेको र डायलासिस भइरहेको डा.गौतमले बताए ।

यस्तै चितवनको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११:३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

यस्तै मोरङका कोरोना भाइरस संक्रमित पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।

मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको उपचारका क्रममा आइतबार राति ८:४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

उपचारका लागि प्रतिष्ठान भर्ना गरिएका उनमा यही भदौ २६ गते संक्रमण पुष्टि भएको थियो ।

अर्थो अवजरवेसन वार्डमा राखेर उपचार गराइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानकै कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

मृतकमा कुनै पनि दीर्घ रोग नभएको प्रतिष्ठानका प्रवक्ता डा.सापकोटाले बताए ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ९ : २३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित