भैरहवा, रूपन्देही, चितवन र सुनसरीमा चार कोरोना संक्रमितको मृत्यु « Khabarhub

भैरहवा, रूपन्देही, चितवन र सुनसरीमा चार कोरोना संक्रमितको मृत्यु


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भैरहवा, रूपन्देही, चितवन र सुनसरीमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक दुई महिला र दुई पुरूष छन् ।

भैरहवास्थित भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित रुपन्देहीको शिवराज नगरपालिका-५ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

ती पुरुष बुटवलको बेलवासमा बस्दै आएका थिए । यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएपछि उनी भीम अस्पतालमा भर्ना भएका थिए । उनमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उनको उपचार भइरहेको थियो ।

अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले उनलाई ३ दिनअघि आइसियुमा राखेको थियो । आइतबार राति करिब साढे १० बजे उनको मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए । डा. पोख्ररेलका अनुसार ती संक्रमित दमका रोगी थिए ।

यस्तै बुटवलको धागो कारखानामा रहेको कोभिड अस्तालमा उपचाररत शिवराज-५ कै ४७ वर्षीया एक महिलाको आज बिहान मृत्यु भएको छ।

ती महिलाको उपचारका क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको हो लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

भदौ २१ मा कोरोना पुष्टि भएर आइसियुमा उपचार भइरहेको उनको  वुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा मृत्यु भएको हो । उनी मिर्गौला रोगबाट पीडित रहेको र डायलासिस भइरहेको डा.गौतमले बताए ।

यस्तै चितवनको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११:३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

यस्तै मोरङका कोरोना भाइरस संक्रमित पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।

मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको उपचारका क्रममा आइतबार राति ८:४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

उपचारका लागि प्रतिष्ठान भर्ना गरिएका उनमा यही भदौ २६ गते संक्रमण पुष्टि भएको थियो ।

अर्थो अवजरवेसन वार्डमा राखेर उपचार गराइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानकै कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १० : ३२ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर