इजरायलमा कोरोना संक्रमण बढेपछि दोस्रो पटक लकडाउन « Khabarhub

इजरायलमा कोरोना संक्रमण बढेपछि दोस्रो पटक लकडाउन


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलमा कोरोना भाइरसको संक्रमण बढेपछि दोस्रो पटक लकडाउन गरिने भएको छ ।

महामारी  फैलन नदिन भन्दै इजरायलमा शुक्रबारदेखि दोस्रो पटक लकडाउन गर्न लागिएको हो । यो लकडाउन तीन सातासम्म जारी रहने जनाइएको छ ।

दैनिक ४ हजारभन्दा बढी संक्रमित थपिन थालेपछि प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले फेरि लकडाउन गर्न लागिएको जनाएका हुन् ।

लकडाउनको विरोधमा एक मन्त्रीले भने राजीनामा दिएका छन्  ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार ९० लाख जनसंख्या भएको इजरायलमा कोरोना संक्रमणबाट १ हजार १०८ जनाको मृत्यु भएको छ भने १ लाख ५३ हजारभन्दा बढीलाई संक्रमण भएको छ।

यसअघि त्यहाँ मार्चको अन्त्यदेखि मेको पहिलो सातासम्म लकडाउन गरिएको थियो।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ११ : ३३ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र